काठमाडौं । प्रहरीले पठाओ र इन्ड्राइभका नाममा अफलाइन ड्राइभ गर्ने ८३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार काठमाडौका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणहलाई ओसारपसार गर्ने अफलाइन ड्राइभ क्रियाकलापमा संलग्न ८३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको जनाएको छ ।
विगतका केही आपराधिक घटनामा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएका कारण अफलाइन राइड सेयर नगर्नेतर्फ सचेत रहन जिल्ला प्रहरी परिसर, काठमाडौले अनुरोध गर्दछ ।













