१. भारत र चीनबीचको आपसी सम्बन्ध जति जति बिग्रन्छ । हामीमाथि उनीहरुको दबाब उति उति बढ्दै जान्छ । हामी झन् झन् च्यापिँदै जान्छौँ ।
२. चीनसँगको सम्बन्धको उकालो ओरालोले हामीप्रति भारत सशंकित वा विश्वस्त, चिन्तित वा चिन्तामुक्त हुने कुराको निर्धारण गर्छ ।
३. बहुदलको हारका चार कारण छन्— पहिलो सत्ताको त्रास भय र लोभ, दोस्रो बहुदलवादीको कमजोर संगठन, तेस्रो राजा निर्दलका पक्षमा छन् भन्ने जनतामा विश्वास र चौथो उग्रवादीहरुको बहुदलमा प्रवेश ।
४. भगवान् बुद्धको जीवनी, हाम्रो देशमा सामाजिक भावनाको र व्यक्तिगत स्वार्थको भावनामाथि विजय प्राप्त गरेर उठ्न सकेको भावनाको एउटा ठूलो दृष्टान्त हो ।
५. वेद र उपनिषद दुवै साहित्य, प्रकृति र त्यसको रहस्यमय जगतले कुत्कुत्याएको मानवचेतनाको एउटै उत्तेजनाबाट उत्पन्न भएका छन् ।
६. समाजवाद भनेको प्रजातान्त्रिक पक्ष पनि समाहित भएको सभ्यता हो । यो किन भन्नुप¥यो भने समाजवादका नाममा प्रजातन्त्र चाहिँदैन भन्ने तत्व हाम्रो मुलुकमा पनि छन् अरु मुलुकमा पनि छन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













