काठमाडौं । सर्वोच्च अदालत असोज २८ गते देखि कार्तिक ११ गतेसम्म बन्द रहने भएको छ । सर्वोच्च अदालतले वडा दशैं, २०८० को उपलक्ष्यमा २०८० असोज २८ गते घटस्थापनाका दिनदेखि ऐ कार्तिक ११ गते कोजाग्रत पुर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने जानकारी दिएको हो ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजया दशमीका दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न विहान ११ः ०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने रहेने समेत सर्वोच्च अदालतले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।














