• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

by
२२ अशोज २०८०,
0
पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवद्र्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवद्र्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ ।

क्लबका अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा गएको आठ जनाको टोलीले सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र ’ स्थापना गरेका हुन् । अध्यक्ष बुढासहित उपाध्यक्ष, मेकिन पुन, सचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्वुजालगायतको टोलीले चिमखोला गाउँदेखि करिब सात घण्टाको पैदलयात्रा गरी सोवाङ धुरीमा पुगेका थिए ।

चिमखोलादेखि पात्लेखेत–सिजी–थामडाँडा, हुँदै सोवाङधुरी पुगेर त्यहाँको पर्यटन सम्भावनको खोजी र प्रवद्र्धन गरिएको क्लब अध्यक्ष बुढाले बताए । “अथाह सम्भावना भएर पनि ओझेलमा परेको सोवाङधुरीलाई प्रवद्र्धन गर्न पहल गरेका हौँ, यो क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माण गर्नसकेमा उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ”, अध्यक्ष बुढाले भने ।

धौलागिरि आइसफल पदमार्गअन्तर्गत सोवाङ धुरी एकै ठाउँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने ठाउँको रुपमा परिचित छ । सोवाङ धुरीबाट मनोरम हिमशृङ्खलासँगै म्याग्दीका विभिन्न ग्रामीण बस्तीलाई समेत अवलोकन गर्न सकिने र जैविक विविधतायुक्त क्षेत्र भएकाले यहाँको दृष्यले पर्यटकलाई लोभ्याउने गरेको क्लबका सदस्य वकिल पुन मगरले बताए ।

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी पहिचान भएको धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरदेखि सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धौलागिरि हिमालको आधार शिविर पुग्ने गर्छन् ।

आधार शिविरबाट बाँझोबुकी हुँदै कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगङ्गा नदीको किनार नै किनार हुँदै सङ्गुरथला भएर कुइनेमङ्गलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्ने गरी दुई वटा पदमार्ग सञ्चालनमा रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए । “हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ, तर अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन, त्यसको लागि थप बजेटको आवश्यकता छ”, वडाध्यक्ष पाइजाले भने ।

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ ९टान०, तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

Previous Post

१९औँ एसियाली खेलकुदको भव्य समापन, २०औँ संस्करण जापानमा हुने

Next Post

एअर इन्डियाको इजरायल जाने सबै उडान १४ अक्टुबरसम्म रद्द

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
एअर इन्डियाको इजरायल जाने सबै उडान १४ अक्टुबरसम्म रद्द

एअर इन्डियाको इजरायल जाने सबै उडान १४ अक्टुबरसम्म रद्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In