काठमाडौं । नेपालीहरुको महान चाड दशैँ तिहार नजिकिएसँगै सहरबाट गाउँ जानेको घुँइचो हुन्छ । त्यही घुँइचोलाई व्यवस्थित गर्ने उदेश्यका साथ २२ असोजबाट दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ खुल्ने भएको छ ।
मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको उनको भनाइ छ ।
हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको मन्त्री ज्वालाले जनाएका छन् ।













