१. राणाकालमा ३५ जिल्लामा विभाजन गरिएको नेपालमा पहाड र तराईमा कति कति जिल्लाहरु थिए ?
– पहाडमा २३ तराईमा १२ ।
२. जिल्लाको प्रमुख प्रशासकीय पदलाई वि.सं. २०१८ अगाडि के नामले चिनिन्थ्यो ?
– वडाहाकिम ।
३. क्षेत्रफलका आधारमा सबै भन्दा ठूलो जिल्ला कुन हो ?
– डोल्पा ।
४. सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?
– सर्लाही ।
५. नेपालका नदीनालाहरुबाट उत्पादन गर्न सकिने विद्युत क्षमता कति छ ?
– ८३ हजार मेघावाट ।
६. आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट नेपालमा कति जलविद्युत उत्पादन गर्न सम्भव देखिन्छ ?
– ४२ हजार मेघावाट ।
७. झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्छ ?
— प्युठान ।
८. ७० मेघावाट क्षमता भएको मध्य मस्र्याङ्दी जलविद्युत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?
– जर्मनी ।
९. नदीका आधारमा नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ ?
– ३ ।
१०. कोसी नदीको सबैभन्दा ठूलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो सहायक नदी कुन हो ?
– लिखु ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













