• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

by
१९ अशोज २०८०,
0
महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुुटिसकेका थिए ।

चिसोको प्रवाह नगरी मेलालाई लक्षित गरी तयारी गरिएको झाँकी, घोडचढीहरूको चहलपहललाई मुुस्ताङ भित्रिएका स्वदेशी एवं विदेशी पर्यटकले पनि उत्सुकतापूर्वक नियालिरहेका थिए ।

सोह्र श्राद्धको समयका कारण यतिखेर ठूलो सङ्ख्यामा धार्मिक पर्यटक मुस्ताङमा छन् । दुई दिनअघिदेखि लगातार पानी परे पनि बिहीबारदेखि मौसम खुल्दा मुस्ताङको वातावारण सुन्दर देखिनुका साथै महोत्सवको उद्घाटन भव्य बनेको थियो । चिसो मरुभूमिका उपमा पाएको मुस्ताङका पर्यटकीय आकर्षण, यहाँका कृषिजन्य उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ बिहीबारदेखि तीनदिने कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।

मुस्ताङमा रहेका प्राचीन मौलिक संस्कृतिसँगै यहाँका उत्पादनलाई बजारमा पुर्याउँदै कृषि र पर्यटनलाई जोड्नका लागि महोत्सवको आयोजना गरिएको उनले बताए । महोत्सवका अवसरमा मौलिक संस्कृतिमा आधारित थकाली नृत्य, याक नृत्य आदिलाई पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

घरपझोङ गाउँपालिकामा उत्पादित कृषिजन्य सामग्रीका साथै अन्य विभिन्न गरी १५ व्यापारिक कक्ष राखिएका रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिइन्। व्यापारिक कक्षमा स्याउ, जाम, माडा, सुकुटीलगायत बिक्रीका लागि राखिएको छ । महोत्सवमा आउने पर्यटकले स्याउका विभिन्न प्रजाति, समाजमा प्रचलित प्राचीनकालदेखि प्रयोग हुँदै आएका भाँडाकुँडा आदि अवलोकन गर्न, जान्न र बुझ्न पाउने व्यवस्था मिलाइएको छ ।

महोत्सवमा व्यापारिक कक्ष राखेको जोमसोम महिला लघु उद्यमी समूहले आफ्ना उत्पादन बिक्री एवं प्रदर्शनीका लागि राखेको मीना शेरचनले बताइन् । “हामीले समूहबाटै उत्पादित जाम, माडा, स्याउको सुकुटी आदि व्यापार एवं प्रदर्शनीका लागि राखेका छौँ”, उनले भनिन्, “समूह भर्खर–भर्खरै कृषिजन्य उत्पादनको प्रशोधन एवं ब्रान्डिङमा लागेकाले हामीलाई तालिम आवश्यक छ ।”

यहाँ राखिएका विभिन्न कक्ष उद्यमशीलताको विकासका लागि जान्न र बुझ्न चाहनेका लागि बहुुउपयोगी बनेको स्थानीयवासीले बताए । महोत्सवमा सिरिघाङ कृषक समूहले आफ्ना समूहबाट उत्पादित उवाको सातु, हरियो केराउ, फापरको पीठो, टिमुरको छोपजस्ता वस्तु प्रदर्शनी एवं बिक्रीमा राखिएको छ । एघार जना स्थानीय आबद्ध भई आफूहरूले समूहमार्फत कृषिजन्य उत्पादन बढाउँदै त्यसको बजारीकरणमा जुटेको समूहका अध्यक्ष निमकुमारी शेरचनले बताइन् ।

आफूहरूले गाउँघरमा यसअघि गर्दै आएका कृषिकर्मलाई समूहमार्फत सङ्गठित गर्दै अघि बढाउँदा त्यसले प्रत्येकलाई थप प्रोत्साहित गराउने गरेको समूहका सदस्य छिरिङ गुरुङले बताए । महोत्सवमार्फत मौलिक संस्कृति एवं कृषिजन्य उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको उनले बताए ।

महोत्सवमा ठिनी सामुदायिक घरबास (होमस्टे)ले थकाली संस्कृतिमा आधारित विभिन्न खाद्यवस्तुको व्यापारिक कक्ष राखेको छ । फापरले बनाएको झिनुवालगायतका विभिन्न परम्परागत हिमाली खाद्यवस्तु राखिएको होमस्टेका सदस्य निरज थकालीले बताए ।

“महोत्सवमा राखिएका कृषिजन्य उत्पादन, बन्ने परिकार आदिले यहाँको मौलिकतालाई उजागर गरेका छन्”, उनले भने, “तीनदिने यो मेला यहाँको कृषि र पर्यटनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण बन्ने विश्वास लिएका छौँ ।”

पर्यटनको विकासका लागि स्थानीय कृषिजन्य उत्पादनलाई जोड्नुु अपरिहार्य हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताए। “पर्यटनलाई लक्षित गरी उत्पादन पनि बढाउनुु आवश्यक छ”, उनले भने, “कृषि र पर्यटनलाई सँगसँगै बढाउन सकेमा यसले दिगो पर्यटनलाई महत्त्वूर्ण टेवा पुर्याउँछ ।”

Previous Post

कजारिया रमेश टाईल्स लिमिटेडको लागि वित्तीय कन्सोर्टियम सम्झौता सफलतापूर्वक सम्पन्न

Next Post

सरकारले बझाङ भूकम्प पीडितलाई घर बनाउन ५० हजार दिने

सम्बन्धित खबर

इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
Load More
Next Post
सरकारले बझाङ भूकम्प पीडितलाई घर बनाउन ५० हजार दिने

सरकारले बझाङ भूकम्प पीडितलाई घर बनाउन ५० हजार दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In