• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्वतको २८ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा

by
७ अशोज २०८०,
0
पर्वतको २८ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत : जिल्लाको कुल जनसंख्यामध्ये २८ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा आएका छन्।

स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय पर्वतकी संयोजक तथा जनस्वास्थ्य निरीक्षक टिका कुमारी श्रीसका अनुसार गत वैशाख महिनासम्म जिल्लाका २४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएकोमा भदौ महिनाको अन्त्यसम्म आइपुग्दा २८ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन्। चार महिनाको अवधिमा चार हजार एक सय २० जनाले स्वास्थ्य बीमा गरेका हुन।

दर्ता अधिकारी श्रीसका अनुसार सबैभन्दा बढी कुश्मा नगरपालिकाका ३२.६८ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन्। कुश्माको कुल जनसंख्या ३८ हजार एक सय एक रहेकोमा तीमध्येका १२ हजार चार सय ५१ जनाले स्वास्थ्य बीमा गरेका छन्। यस्तै पैयुँ गाउँपालिकाको जनसंख्या १२ हजार सात सय २५ रहेकोमा त्यसको २५.६४ प्रतिशत अर्थात् तीन हजार दुई सय ६३ जनाले, जलजला गाउँपालिकाको कुल जनसंख्या २१ हजार एक सय १९ रहेकोमा त्यसको ३०.४५ प्रतिशत अर्थात् छ हजार चार सय ३० जनाले स्वास्थ्य बीमा गरेका छन्।

फलेवास नगरपालिकाको कुल जनसंख्या २० हजार चार सय ६८ रहेकोमा पाँच हजार दुई सय ८७ जनाले बीमा गरेका छन्। जुन २५.८३ प्रतिशत हो। यस्तै बिहादी गाउँपालिकाको जनसंख्या १० हजार आठ सय २८ रहेकोमा त्योमध्येका १८.२४ प्रतिशत अर्थात् एक हजार नौ सय ७५ जनाले स्वास्थ्य बीमा गरेका छन्। मोदी गाउँपालिकामा बीमा गर्नेहरूको संख्या २८.९९ प्रतिशत रहेको छ। त्यहाँको कुल जनसंख्या १८ हजार सात सय ९४ मध्ये पाँच हजार चार सय ४९ जनाले बीमा गरेका छन्। यस्तै महाशिला गाउँपालिकाका १४.३२ प्रतिशतले मात्रै स्वास्थ्य बीमा गरेका छन्। त्यहाँको जनसंख्या आठ हजार एक सय १६ रहेकोमा एक हजार एक सय ६२ जनाले मात्रै बीमा गरेका हुन्।

जिल्लामा रहेका ६१ वडाहरूमध्ये सबैभन्दा बढी स्वास्थ्य बीमा गर्ने वडा मोदी गाउँपालिका–५ बाजुङ रहेको छ। स्थानीय दर्ता सहयोगी पदमकुमारी मल्लका अनुसार बाजुङको जनसंख्या तीन हजार नौ सय ५७ रहेकोमा तीमध्येका ६२.६० प्रतिशत अर्थात् दुई हजार चार सय ७७ जनाले बीमा गरेका छन्।
सबैभन्दा कम स्वास्थ्य बीमा गरेको वडा मोदी गाउँपालिका–१ भूक रहेको छ। त्यहाँका ५.९३ प्रतिशत नागरिकले मात्रै स्वास्थ्य बीमा गरेका छन्। दर्ता सहयोगी मनिका घलेका अनुसार भूकको कुल जनसंख्या एक हजार नौ सय ३९ रहेकोमा तीमध्येका एक सय १५ जनाले मात्रै बीमा गरेका छन्।
स्वास्थ्य बीमामा काम गर्दै आइरहेका ‘फिल्ड’ रहने तथा कार्यालयमा रहेर काम गर्ने कर्मचारीहरूका अनुसार जनताहरूलाई स्वास्थ्य बीमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकता अनुसार सूचित गराउन नसक्दा बीमाप्रति आशातीत आकर्षण आइरहेको छैन।

वडाहरूमा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीहरूलाई तालिमको अभावका कारण सेवाग्राहीहरूले बीमासम्बन्धी आवश्यक कुराहरू बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा विमितहरुले  (उपचार सेवा÷औषधी) नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयहरूमा आवश्यक जनशक्ति नहुनु, वडाहरूमा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीहरूको मोबाइल फोन बिग्रिएको अवस्थामा र नयाँ मोबाइलको फोन व्यवस्था गर्न नसकिएको लगायतका कारणले समस्या भइरहेको छ।

नागरिकलाई कार्यक्रमको बारेमा सूचित गराउने, दर्ता सहयोगीहरूलाई ‘रिफ्रेसमेण्ट’ तालिम दिने, सेवा प्रदायक अस्पतालहरूले सहज रूपमा सेवा र औषधि प्रदान गर्ने, बीमाको काम गर्नका लागि जिल्लामा रहेको सम्पर्क कार्यालयलाई जिल्लाको छुट्टै कार्यालयका रूपमा विकास गर्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रममा विमितको फोटो खिच्नका लागि दर्ता कर्मचारीहरूलाई मोबाइल सेटको प्रबन्ध हुनुपर्ने लगायतका व्यवस्था भएमा बीमा कार्यक्रम प्रभावकारी हुने र यसमा धेरै नागरिकको आकर्षण बढ्ने सम्पर्क शाखा कार्यालय संयोजक श्रीसको विश्वास छ। यसका लागि स्वास्थ्य बीमा बोर्ड, स्थानीय तहहरू र सेवा प्रदायक अस्पतालहरूले विशेष ध्यान दिनुपर्ने देखिएको छ।

Previous Post

काठमाडौँ महानगरको श्रम बैंकमा चार सय आवेदन, बालेनले दिन्छन् रोजगार ?

Next Post

सन्दीपविरुद्ध मुद्दाको पेसी आज पनि स्थगित

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
सन्दीपलाई थुनामै राख्न निवेदन गरिंदैै

सन्दीपविरुद्ध मुद्दाको पेसी आज पनि स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In