आमाः छोरा, त्यस्तो काम कहिल्यै नगर्नु, जसले गर्दा अरुको गाली खानुपरोस् ।
बालकः त्यसो भए आज म स्कुल जान्न ।
आमाः किन ?
बालकः सरको गाली खानुपर्छ त्यसैले ।
अरब पछि के आउँछ ?
एउटा विद्यार्थीलाई शिक्षिकाले संख्या गन्न सिकाइरहेकी थिइन् ।
शिक्षिकाः भन त रमेश १ पछि १०, १० पछि १००, यस्तै क्रमले हजार, १० हजार, लाख, १० लाख, अनि अरब आउँछ भने त्यो भन्दा पछि के आउँछ ?
रमेशः अरब पछि इजरायल आउँछ मिस ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













