धर्मको, ध्यानको अभ्यास नगर्ने धन, सुख र स्वार्थमा मात्रै ध्यान राख्ने नरनारी वृद्धावस्थामा अत्यन्त बेथितिमा पुग्छन् । विवेकमा श्रेय र प्रेयको चिन्तन हुन्छ, हानि लाभको त्यहाँ केही अर्थ छैन ।
धन, नारी, देहको सुविधामा आसक्त रहनु संसारीपना हो । यी तीनैको व्यर्थता जानेर धैर्य, एकाग्र र धर्मको सेवामा रहनु— ध्यानको जीवन हो । सुविधामा जो अल्झियो, त्यस व्यक्तिले गुरु आज्ञा र आत्म जागरणमा प्रवेश गर्ने अवसर नै पाउँदैन ।
प्रायः मनुष्यको मन चतुर, स्वार्थी, पक्षपाती र शब्दमा अल्झिने प्रकारको हुन्छ । जो तितिक्षु छ, जिज्ञासु छ, असत्यमा सत्यलाई देख्न सक्छ, सत्य मानेका, भनेका वस्तुमा असत्य देख्न सक्छ र सत्यलाई सत्य नै देख्न सक्छ । त्यो सज्जन मात्रै मनको विशुद्ध प्रकाशको दर्शन गर्छ । अरू सबै मनको मलिन रूप सङ्कल्प÷विकल्पमा फँसेर त्यहीँ नष्ट हुन्छन् । अष्टावक्र, शुकदेव, नचिकेता कबीर, बुद्ध, सारीपुत्र, नीलबाबा, कृष्णमूर्तिको जीवन श्रेयको जीवन हो ।
एकै अवस्था एकै मनस्थिति सर्वदा रहन सक्तैन, त्यही कारणले धैर्य र साक्षिता प्रतिक्षण साथमा रहनुपर्छ । यी दुवै क्षमताको विकासका लागि प्राण र स्मृतिको एकता अर्थात् सजगता अवश्य चाहिन्छ ।
ऋजयष्अभभिकक बधबचलभकक भनेको साक्षिता हो । निन्दा प्रशंसा, लोभ, मोह, पक्षविपक्ष तथा चाहनु नचाहनुको विक्षेपलाई बीचमा प्रवेश नदिइकन सहज सरल, रूपमा जो हुँदै छ, देखिँदै छ, त्यसको अवलोकन यही हो द्रष्टा । सबै एउटै चैतन्यको प्रवाह भएर प्रत्यक्ष हुन्छ ।
झन्झटबाट बाहिर आऊ, मौन बस । जो क्षमतामा उत्तीर्ण छैन, उसलाई पर राख क्यै नभन । क्यै नगर जो सहज अनुकूल छ । शान्तिभावमा गर । आसक्ति या विरोध नराख, मनमा स्वतन्त्रता प्राप्त गर ।
संसारीहरूको बाटो र भक्तहरूको बाटो विल्कुल भिन्न छ । जबसम्म हामी सम्पत्ति, सम्मान र सुखको चाह गर्छौं त्यहाँसम्म भक्त हुन सम्भव छैन । जो नरनारी आत्मश्रेयका लागि भोकको सान्निध्य सेवा–शरणागति लिन चाहन्छ उसले आफ्नो जीवनमा त्यागको विकास गर्नुपर्छ । जो व्यक्ति धन, मान, सुख छोड्नसक्छ, त्यो नै वास्तवमा गुरुको हुनसक्छ ।
सम्बन्ध सीधा हुनुपर्छ । स्वार्थ, लोभ प्रचारका माध्यमबाट छ भने हाम्रो सम्बन्ध आफ्नै अहङ्कारसित मात्रै छ । त्यही कारणले संसारमा कोही पनि अहंमुक्त हुन सकेको देखिँदैन ।
आत्माको स्थान मन, शब्दले लिएको छ । ब्रह्माको बज्रघरले, शिवको बज्रपानीले, विष्णुको अवलोकितेश्वरले, महालक्ष्मी श्वेततारा, महासरस्वती रक्ततारा, महाकाली–महाकाली नै छन् । भैरव–महाकाल छन् । अरू तेत्तीस देवता त्यही हुन् । यथार्थ नाल हो, सन्तोष वैराग्य, गुरु, शिक्षा, सेवा, त्याग, अभ्यास, करुणा, मुदिना, मैत्री, ध्यान, सङ्गम, समाधि तथा अन्तमा समाधान । सत् रज तम्को व्याख्या होइन स्थिति जान्नुपर्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













