• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिरोले आदिबराहताल बगरमा परिणत

by
२७ भदौ २०८०,
0
पहिरोले आदिबराहताल बगरमा परिणत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिरोले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको थियो । तालमात्र नभई त्यसमा रहेको बराह मन्दिर समेत जोखिमा परेको छ ।

स्थानीय बासिन्दाका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर साह्रै नै मनमोहक देखिन्थ्यो । स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार, ‘यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो । यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ । यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएको भए पनि सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन् । बराह देवता रहेको तालमा टाढा–टाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्थ्यो ।’

कुवापानी पहाडबाट गत साउन ६ गतेदेखि लगातार पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले जानकारी दिए । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराहताल मन्दिरमा भव्य पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । गत भदौ १४ गतेको जनैपूर्णिमाका दिन मन्दिर वरपर रहेको केही मात्रामा हिलो पन्छाएर पूजा गरिएको जिसीले बताए ।

स्थानीय टेकबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ताल संरक्षण समिति गठन गरिएको छ । समितिका अध्यक्ष घर्तीका अनुसार बजेट अभावमा तालभित्रको कमेरो लेदोमाटो हटाउन र तालसम्म पुग्ने कच्ची बाटो मर्मत गर्न सकिएको छैन । गाउँपालिकासँग यसका लागि बजेट नभएकाले प्रदेश सरकारसँग ताल संरक्षणका लागि तत्काल रु ५० लाख माग प्रस्ताव गरेको अध्यक्ष घर्तीले बताए । रकम प्राप्त भएपछि मात्र ताल संरक्षणको काम सुरु गर्न सकिने अध्यक्ष घर्तीको भनाइ छ ।

तालसँगै रहेको घर्ती क्षेत्रीहरूको बराह मन्दिर गत वर्ष मात्रै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । पछिल्लो समय ताल संरक्षणका लागि विभिन्न काम गरिएको भए पनि पहिरोले सबै ध्वस्त बनाएको अध्यक्ष घर्तीले बताए । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले मोटरबाटोको समेत सुविधा पुगेको थियो ।

तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्थ्यो । यहाँ पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । घर्ती क्षेत्रीको कूलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताए । ‘छेउमै रहेको ढुङ्गेधारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्’, उनले भने, ‘तालको बीचमा रहेको मन्दिर र बरको रुखले समेत यो ताललाई आकर्षक बनाएको छ । बराहताल अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ ।’

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन । तालको बीच भागमा अवस्थित बयसको रुख यहाँको अर्को आकर्षण हो । सोही रुखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल संरक्षण र प्रवर्द्धनका लागि पछिल्लो समय स्थानीय र प्रदेश सरकारले चासो देखाएका बेला पहिराले पुरिएर समस्या परेको स्थानीय लालबहादुर अधिकारीले बताए । कुवापानीको पहाड नै चर्किएर झरेको पहिराले सात घर विस्थापित बनेका छन् भने यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेतबारी समेत बगरमा परिणत भएको छ । पहिराको केही दिनअघि खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गरेर फर्किएको छ । तर प्रतिवेदन आउन भने बाँकी छ ।

Previous Post

स्वास्थ्य मन्त्री बस्नेतद्वारा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोपको डेमोस्ट्रेसन शुभारम्भ

Next Post

तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु

तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In