• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल प्रहरीको महानिरीक्षकमा कार्की

    सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

    नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन

    नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन

    अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

    अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

    कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

    कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

    डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

    डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

    शिक्षा, स्वास्थ्य र कृषिका ८ परियोजनामा भारतको ८० करोड सहयोग

    शिक्षा, स्वास्थ्य र कृषिका ८ परियोजनामा भारतको ८० करोड सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ

by
२४ भदौ २०८०,
0
प्रधानमन्त्री दाहालको भारत भ्रमण ‘अद्भूत रुपमा सफल’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्वपरराष्ट्रमन्त्रीलगायतका राजनीतिक नेताहरू हुनुहुन्थ्यो । छलफलमा नेताहरूले छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुवै देशले एकअर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्नेलगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव राख्नुभएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईंले जुन सुझाव दिनुभएको छ । प्राप्त सुझाव महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।” सरकारले दुवै छिमेकीका साथै विश्वसमुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपिल गर्ने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

कूटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसङ्घको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिनुभयो । छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो । यस्तै, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू महन्थ ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा विमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याललगायत सहभागी हुनुहुन्थ्यो । 

Previous Post

प्रधानमन्त्री मोदीद्वारा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भालाई जी–२० अध्यक्षको पद हस्तान्तरण

Next Post

ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश

सम्बन्धित खबर

नेपाल प्रहरीको महानिरीक्षकमा कार्की
आवाज

सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

२७ साउन २०८३,
नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन
आर्थिक

नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन

२७ साउन २०८३,
अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी
आर्थिक

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

२७ साउन २०८३,
कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा
समाचार

कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

२७ साउन २०८३,
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति
फिचर-ब्यानर

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

२७ साउन २०८३,
शिक्षा, स्वास्थ्य र कृषिका ८ परियोजनामा भारतको ८० करोड सहयोग
समाचार

शिक्षा, स्वास्थ्य र कृषिका ८ परियोजनामा भारतको ८० करोड सहयोग

२७ साउन २०८३,
Load More
Next Post
ललिता निवास प्रकरणमा फेरि कागजपत्र जाँच्दै सीआईबी

ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In