बच्चाः (चिच्याउँदै) हे भगवान ! यसपालिको बर्थडेमा चाहिँ मलाई साईकल दिनुस् है ।
आमाः किन त्यसरी चिच्याएको ? भगवान बहिरो त छैनन् नि !
बच्चाः थाहा छ तर हजुरबुवा त बहिरो हुनुहुन्छ नि त !
किराको छुट्टै पैसा लाग्छ
ग्राहकः भाइ ! एउटा जुस दिनु न ।
मुन्द्रेः रियल जुस दिएछ ।
ग्राहकः भाइ रियलमा त कीरा भेटिन्छ भन्छ नि ! यसबाट पनि किरा निस्कियो भने नि ?
मुन्द्रेः किराके छुट्टै पैसा लाग्छ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













