१. विषपानले केवल पिउनेवाला नै मर्दछ, शास्त्र प्रहारले एक प्रहारमा एक व्यक्ति नै मारिन्छ, तर राष्ट्र हितमा गरिएको मन्त्रणाको भेद खुल्नाले राजा–प्रजा सहित समय राष्ट्रको विनाश हुन सक्छ ।
२. बुद्धिरुपी वाणले हनन गरिएको व्यक्तिलाई जीवनदान दिने क्षमता न कुनै वैद्यमा छ, न औषधीमा, न यज्ञका मन्त्रमा छ, न मांगलिक कर्ममा, न सम्मोहनादि विद्यामा छ, न त यत्नपूर्वक तयार गरिएको जडिबुटीमा छ ।
३. धनुर्धरले छोडेको वाणले सम्भवतः एक व्यक्तिको ज्यान लिन्छ तर बुद्धिमानद्वारा प्रयुक्त बौद्धिक प्रहारले रामजप्रमुख सहित राष्ट्रकै विनाश हुन सक्छ ।
४. बोल्नुभन्दा मौन रहनु ठीक हो, तर सत्य बोल्नु मौन रहनु भन्दा श्रेष्ठ हो । सत्य कुरा मृदु शब्दमा बोल्नु श्रेष्ठ हो । सत्य र प्रिय वचनलाई धर्मयुक्त गरेर बोल्नु त श्रेष्ठतम नै हो ।
५. मानिसले चोरी, डकैती आदि उपायले, निरन्तर उद्योगले, बुद्धि, चातुर्य तथा पुरुषार्थले धन त पाउन सक्छ, तर यसरी उच्च कोटीको कीर्ति प्राप्त गर्न सक्दैन । न त कुलीन व्यक्तिका सदाचार नै प्राप्त गर्न सक्छ ।
६. मानिसले चोरी, डकैती आदि उपायले, निरन्तर उद्योगले, बुद्धि, चातुर्य तथा पुरुषार्थले धन न पाउन सक्छ, तर यसरी उच्च कोटिको कीर्ति प्राप्त गर्न सक्दैन । न त कुलीन व्यक्तिका सदाचार नै प्राप्त गर्न सक्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













