हिजोलाई नसम्झी भोलिको कल्पना नगरी आजको पनि एक क्षणपूर्व या एक क्षणपश्चात्को प्रवाह न राखी यसै क्षणमा– पल पलमा जीवन प्रवाह (प्राण) सृजन प्रवाह (स्मृति त्जयगनजत) को एकता गरेर हेर्न किन गाह्रो परेको ?
शरीर र मनको भेलमा केही न केही सुविधा असुविधा स्वभावतः आउँछन्, त्यो त सहनुपर्छ । परिवर्तनशील–सम्पत्ति ? परिवार, सङ्गठन, सम्मान आदि समग्रतया मिथ्या–जो कि समयले बनेको समाज र समाजको संस्कार अनुसार बनेको मन र उसको कामना र अज्ञानले चिताएर उस चिन्तनअनुसार भएका स्वर्ग, नर्क, दिव्यधाम, अवतार परलोक, पुनर्जन्म, नजन्म मान्नुले हुने, नमान्नुले हुने, मन बदल्दा–नाम बदल्दा बदलिने, लोभ मोह र स्वार्थलाई सुरक्षित गर्न चाहँदा बनिहाल्ने यी दुवै मिथ्या र नाशवान्लाई सम्झनुप¥यो । नाशवान् र काल्पनिक धोखाबाट मनलाई मुक्त गर्न सके अहिले, यसै क्षणमा रहन सकिन्थ्यो कि ! यो तथ्यको खोज गर्नुपर्छ, यो अन्वेषण सहजताले हुनुपर्छ ।
शरीरको कर्म केही काम लाग्दैन । यथार्थमा सम्हाल्नुपर्ने मन हो । एकान्त वासमा मौन रहने अभ्यासमा शरीरको उपयोग गर्नु राम्रो हो । गर्नुपर्ने काम हो, सरल हुनु, मिथ्या मान्यताबाट मुक्त हुनु । लोभ स्वार्थ घृणा, भेदभाव छुआछुतबाट माथि उठ्नु यो सार्थक काम नगरी यिनीहरू जो काम गर्दै छन् त्यो अत्यन्त व्यर्थता हो ।
मृत्युपछि अगाडि जाने वासना हो, शरीर यही भष्म हुन्छ । तिलक, छाप, कण्ठी, लुगा भगवावस्त्र यी सबै सामाजिक परिचयका व्यवस्था मात्रै हुन्, जीवनका साथ यिनको केही सम्बन्ध छैन ।
श्वास, होश र कर्मको निरन्तर एकता रहनुपर्छ, तब जीवनमा सार्थकता आउँछ । मन लाग्ने नलाग्ने सुविधा असुविधामा नअल्झिएर एकान्तमा सद्गुरु या आध्यात्मिक साथी सुलभ भए सत्यसँग सङ्गत गरिरहनुपर्छ । एक्लै शान्त बसेर आफ्नो अहङ्कारको सबै चाला (इच्छा, आशा, तृष्णा लालसा–लोभ, मोह शत्रुता मित्रता, चाहना नचाहनाका रूपमा) सचित्त भएर हेर्नुपर्छ । यसैलाई स्वाध्ययन, आत्मज्ञान (आपूmलाई चिन्नु) अथवा स्वाध्याय भनिन्छ । विचारको प्रवाह कहाँबाट कसरी उठ्छ ? त्यस प्रवाहको साक्षी हुनुपर्छ । यही साक्षी कर्मलाई ध्यान भनिन्छ, त्याग भनिन्छ, यही सम्यक् दर्शन हो, यही भगवत्साक्षात्कार, आत्म साक्षात्कार हो ।
साभार : ‘विचारप्रवाह’ पुस्तकबाट













