• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ पुस्ता सहर केन्द्रित बन्दा रित्तिँदै गाउँघर

by
२० भदौ २०८०,
0
नयाँ पुस्ता सहर केन्द्रित बन्दा रित्तिँदै गाउँघर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोलखा– पछिल्लो समय जिल्लाका धेरैजसो गाउँघर सुनसान र खाली देखिन थालेका छन् । नयाँ पुस्ता रोजगार र अध्ययनका लागि सहर र विदेश केन्द्रित हुन थालेपछि गाउँघरमा बुढेसकाल लागेका वृद्धवृद्धा मात्रै भेटिन थालेको स्थानीय बताउँछन् ।

गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले यतिबेला दोलखाका हजारौँ घर खाली रहेको पाइएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएर अनुदानमा निर्माण गरिएका अधिकांश घर खाली रहेका छन् । २०७८ सालको जनगणनाको तथ्याङ्कअनुसार जिल्लामा बनेका ७८ हजार दुई सय २९ घरमध्ये १६ हजार ९१ अर्थात् २० प्रतिशत घर खाली रहेका छन् ।

अहिले गाउँमा घर कुर्ने काम ६० वर्ष कटेका वृद्धवृद्धाको बनेको छ । गाउँमा सडक र विद्युत् पुगेको भए पनि गाउँमा बस्न चाहने मान्छे थोरै छन् । गाउँमा बिरामीलाई औषधी ल्याइदिने र स्वास्थ्य चौकीसम्म लगिदिने मान्छेसम्म छैनन् ।

तामाकोशी गाउँपालिका–१, भिरकोटका केशव काफ्ले सरकारी अनुदान लिएर छोराका लागि घर बनाइदिए पनि त्यो घर हाल खाली रहेको बताउँछन् । उनको मात्र होइन सो क्षेत्रका अधिकांशले गाउँबाहिर रहेका छोराको नाममा अनुदान लिएर घर निर्माण गरेका छन् । तर गाउँमा सरकारी अनुदानमा बनेका दुई कोठे अधिकांश घरमा ताला लागेको छ । भूकम्पपछि जिल्लामा ७४ हजार भूकम्पपीडित लाभग्राही सूचीकृत भएका थिए । तीमध्ये ६७ हजारले भूकम्पपीडितको घर बनाएर तेस्रो किस्ता लिएको सघनसरी भवन निर्माण आयोजनाको तथ्यांक छ ।

स्थानीय तहले गाउँगाउँमा सडक, शिक्षा, यातायात, खानेपानीलगायतका पूर्वाधारमा लगानी गरे पनि नागरिक बाहिरिने क्रम नघटेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । जिल्लाको कालिञ्चोक गाउँपालिका–४, घिमिरेटोलका ३६ घरपरिवारमध्ये १४ घरमा मात्र मानिस बस्ने गरेका छन् । बाँकी २२ घरपरिवार अनुदान लिएर गाउँमा घर बनाएर बसोबासचाहिँ काठमाडौंमा गर्दै आएका स्थानीय रीता सुवेदीले जानकारी दिइन् ।

यस्तै, भीमेश्वर नगरपालिका–१, पानीपोखरीमा निर्माण गरिएको एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ । ५७ परिवारका लागि निर्माण गरिएको सो बस्तीमा हाल १० परिवार मात्रै बस्ने गरेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका पनि करिब २५ प्रतिशत घर खाली छन् । सरकारको राहत लिएर बनाइएका दुई कोठे घरको भित्र लेउ पलाउन थालेको स्थानीय बताउँछन् ।

मानिस नहुँदा खेतीयोग्य जमिन बाँझो छ । जिल्लामा उत्पादन हुने सामान पनि बाहिरबाट आयात गर्नुपर्ने स्थिति रहेको बैतेश्वर गाउँपालिका–४ वडाध्यक्ष कुमार चौलागाईंले बताए । उनको वडाको पनि ठूलोवन भन्ने गाउँमा १६ वटा घर रहेकोमा १३ वटा घर रित्तै छन् । मानिस नहुँदा खेतीयोग्य जमिन जंगलमा परिणत भएपछि जंगली जनावरको आतंक समेत बढेको छ । यता नयाँ पुस्ताले गाउँघर बिर्सेर सहर र विदेश लाग्दा गाउँघरका विद्यालय समेत बन्द हुने अवस्थामा पुगेको कालिढुङ्गा माध्यमिक विद्यालय प्रअ पुष्कर कुमार दाहालले बताए ।

राज्यले गाउँमै रोजगार सिर्जना गरेर सहर केन्द्रित बनेर बसेका तथा विदेशमा रहेका मानिसलाई गाउँ नफर्काएसम्म गाउँ खाली हुँदै जाने र पुराना विद्यालय बन्द हुने अवस्थामा पुग्ने उनले बताए । पछिल्लो समय दोलखाका सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ् । जिल्लाको बैतेश्वर गाउँपालिका २८ वटा सामुदायिक विद्यालय रहेका छन् । माथिल्लो तहका कक्षाकोठा विद्यार्थीको संख्या संतोषजनक रहेपनी तल्लो तहका आधारभूत तथा प्रावि तहका कक्षाकोठामा भने विद्यार्थी उपस्थिति दयनीय अवस्थामा पुगेको छ्।

बैतेश्वर गाउँपालिका(१ मा रहेको एक सामुदायिक प्रावि विद्यालय विद्यालयमा हाल जम्मा २२ जना विद्यार्थी छन् ।यहाँ भुकम्प जानु अघि एक सयको हाराहारीमा विद्यार्थी अध्ययन गर्थे। हिजोआज यहाँका मानिसले गाउँमा बसोबास गर्न छाडेपछि विद्यार्थीको संख्या घटेको सो विद्यालयका प्रधानध्यापक भीम तामाङले बताए ।

-सुबास बस्नेत

Previous Post

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

Next Post

परोपकार प्रसूति अस्पातलमा अनलाइन टिकट सेवा सुरु

सम्बन्धित खबर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

३ असार २०८३,
वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान
समाचार

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

३ असार २०८३,
Load More
Next Post
परोपकार प्रसूति अस्पातलमा अनलाइन टिकट सेवा सुरु

परोपकार प्रसूति अस्पातलमा अनलाइन टिकट सेवा सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In