• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेशः घरमा हुने प्रसूतिलाई शून्यमा झारिँदै

by
१८ भदौ २०८०,
0
गण्डकी प्रदेशः घरमा हुने प्रसूतिलाई शून्यमा झारिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी।गण्डकीलाई ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चितता भएको प्रदेश घोषणाका लागि विशेष अभियान थालिने भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरण गर्न स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गरिने भएको हो ।

पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुने दर ९६ प्रतिशत देखाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले घरमा हुने प्रसूतिलाई शून्यमा झारिने बताए ।

‘प्रतिशतका हिसाबले त अहिले नै घोषणा गर्न पनि सकिन्छ, तर गर्भवती पहिचान गर्नु, सुत्केरी भएपछि ४२ दिनसम्म उनीहरुको विशेष स्वास्थ्य हेरचाह र उपचारमा सहज पहुँचको सुनिश्चितता हुनु मुख्य विशष हो’, उनले भने, ‘यसका लागि कार्यविधि तयार भइसकेको छ, प्रदेशभरि यो अभियान चल्छ ।’

प्रदेशका केही वडा र स्थानीय तहले ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चता भएको घोषणा गरिसकेका छन् । निर्देशक खड्काले तथ्यांकमा केही प्रतिशत अझै पनि स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने गरेको देखिएको भन्दै छुटेकालाई स्वास्थ्य संस्थामा ल्याइने बताए।

‘गर्भवती भएर स्वास्थ्य संस्थाको सम्पर्कमा आएका महिलालाई प्रोटोकलअनुसार गर्भ जाँच, सुरक्षित प्रसूति सेवा र सुत्केरी जाँचको सुनिश्चितता गर्नु नै यो अभियानको उद्देश्य हो’, निर्देशक खड्काले भने, ‘शिशु र मातृ मृत्युदर घटाउन यसले ठूलो मद्दत पुर्‍याउँछ ।’

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक सुरज गुरौले कोही पनि गर्भवती स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सम्पर्कबाट नछुटुन् भन्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको बताए। ‘गर्भवतीको पहिचान र निगरानी गर्न सफ्टवेयर प्रणाली अपनाउँदै छौँ’, उनले भने, ‘स्वास्थ्यकर्मीले घरघरै गएर गर्भवतीको विवरण ल्याउने र गर्भ जाँचका लागि स्वास्थ्य संस्था गए(नगएको अनुगमन गर्नुहुन्छ ।’

स्वास्थ्य ‘प्रोटोकल’ अनुसार गर्भवतीले आठ पटक गर्भ जाँच गराउनुपर्ने जनस्वास्थ्य प्रशासक गुरौले उल्लेख गरेका छन् । सुत्केरी भइसकेपछि पनि तीन पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्ने उनको भनाइ छ । ‘पूर्ण संस्थागत सुत्केरी’ प्रदेश घोषणामात्र गरेर नहुने भन्दै उनले त्यसको निरन्तर सुनिश्चितता महत्वपूर्ण हुने बताएका छन् ।

‘पूर्ण संस्थागत प्रसूतिका लागि स्वास्थ्य संस्थामा स्रोतसाधनदेखि जनशक्तिको पनि सोहीअनुसार प्रबन्ध हुनुपर्छ, स्वास्थ्यकर्मीको दक्षता बढाउनुपर्छ’, जनस्वास्थ्य प्रशासक गुरौले भने, ‘स्वास्थ्य पूर्वाधारको तयारीदेखि जनचेतना अभिवृद्धिको कार्यक्रमलाई सँगसँगै समुदायमा लैजानुपर्छ ।’

Previous Post

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रक्षामन्त्री बर्खास्त

Next Post

लसुन चिया पिउनुका फाइदै–फाइदा

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
लसुन चिया पिउनुका फाइदै–फाइदा

लसुन चिया पिउनुका फाइदै–फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In