१. एकान्त, निर्जन र कोही नजाने ठाउँमा आसन ग्रहण गर्नु, विविक्त निर्जन शयनासन प्रतिसंलीनता नामक तपस्या हो ।
२. सुखपूर्वक प्राप्त गरेको ज्ञान दुःख पर्दा नष्ट हुन्छ । अतः योगीले आफ्नो शक्तिअनुसार दुःखद्वारा अर्थात् कायक्लेशपूर्वक आत्मचिन्तन गर्नुपर्छ ।
३. मोक्षावस्थाको शब्दमा वर्णन सम्भव छैन, किनकि त्यहाँ शब्दको प्रवृत्ति छैन । न त्यहाँ तर्कको नै प्रवेश छ, किनकि त्यहाँ मानसिक व्यापार सम्भव छैन । मोक्षावस्था सङ्कल्प–विकल्प रहित छ । वीतराग हुनाले त्यहाँ ओज पनि छैन । वितराग हुनाले सातौँ नर्कसम्मको भूमिको ज्ञान भए पनि त्यहाँ कुनै प्रकारको खेद छैन ।
४. जहाँ न दुःख छ न सुख, न पीडा छ न बाधा, न मृत्यु छ न जन्म, त्यही निर्वाण छ ।
५. जहाँ न इन्द्रिय छन् न उपसर्ग, न मोह छ न विश्मय, न निद्रा छ न भोक त्यहीँ निर्वाण छ ।
६. जहाँ न कर्म छ न अकर्म, न चिन्ता छ न उग्र ध्यान, न धर्म ध्यान छ न शुक्लपक्षको ध्यान, त्यहीँ निर्वाण छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













