आधुनिकता र विकाससँगै सहरमा बस्ने मानिसहरूको संख्या दिनानुदिन बढ्दो छ। सुविधा र अवसरका लागि सहर पसेसँगै मानिसको जीवनशैली पनि परिवर्तन हुने गरेको छ। सहरमा शारीरिक परिश्रम कम र मानसिक बढी छ।
शरीरलाई स्वस्थ राख्न सन्तुलित आहारसँगै शारीरिक व्यायाम पनि आवश्यक पर्दछ। हामीले खाएको आहारलाई पचाउन र शरीरमा ऊर्जा प्राप्त गर्न सन्तुलित व्यायाम पनिम महत्त्वपूर्ण छ।
गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा ऊर्जाको कमी भएजस्तो लाग्न थाल्छ। यद्यपि, हामीले केही सावधानीहरू अपनायौं भने गर्मी मौसममा पनि स्वस्थ तथा फुर्तिलो रहन सक्छौं।
गर्मीमा चिया(कफीको सेवन कम गर्नुपर्छ। यसबाहेक जुस, आइस, दही, लस्सी, सातु, कागती पानी, बेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेश गर्नु फाइदाजनक हुन्छ।
के–के गर्ने ?
१. गर्मीको मौसममा प्रशस्त पानी पिउने र घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्ने गर्नुपर्छ।
२. बाहिर घाममा हिँडेर फर्केपछि तुरून्तै फ्रिजको पानी पिउनुहुँदैन। त्यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी राम्रो हुन्छ।
३. अत्याधक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ।
४. पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ। गाँजर, टमाटर, पालकबाहेक पानीको मात्रा भएको लौकाजस्ता सब्जी राम्रो हुन्छ। यी सब्जीहरूमा क्यालोरीसमेत कम हुने भएकाले गर्मीसित लड्ने क्षमता पनि हुने गर्छ।
५. मिठाइको सट्टा फलफूल खानुपर्छ।
६. गर्मीमा हिट स्ट्रोक र डिहाइड्रेसनबाट जोगिनका लागि बिहान सबेरै र साँझपख हिँडनु राम्रो हुन्छ।
७. केही क्षण ध्यान तथा योग अभ्यास गर्नु उपयुक्त हुन्छ।
८. हप्तामा एक सय ५० मिनेट व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ।













