• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कालो चस्माले रोक्दैन आँखा पाक्ने रोग, कसरी जोगिने ?

by
९ भदौ २०८०,
0
कालो चस्माले रोक्दैन आँखा पाक्ने रोग, कसरी जोगिने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा हाल देशैभरीका अस्पतालमा आँखाका बिरामी बढेको छ । वीर अस्पतालमा आँखा पाकेर उपचार खोज्दै आउने बिरामीहरूको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ।

यद्यपि यस्तो समस्या लिएर बिरामीहरू सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूबाट आउन थालेको करिब एक महिना भइसकेको अस्पतालका नेत्र रोग विशेषज्ञ डा। शङ्कर ठाकुर बताउछन् । त्रिवि शिक्षण अस्पताल आँखा विभागकी सह प्राध्यापक डाक्टर रञ्जु खरेल सिटौलाका अनुसार हाल सम्बन्धित विभागमा आउने बिरामीहरूमध्ये करिब ५० देखि ५५ प्रतिशतमा आँखा पाक्ने रोग देखिएको छ।

यस समस्याका कारण विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् भने कतिपय स्थानमा अस्पतालको चाप थामिनसक्नु भएको जानकारहरू बताउँछन्।

के हो आँखा पाक्ने समस्या रु
आँखा पाक्ने समस्या नेपालमा प्रायस् हरेक वर्ष फैलन्छ। यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको हो। अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् ।

यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो। यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्छ। यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्क्टिभाइटिस भनिन्छ र आम भाषामा आँखा पाकेको भनिन्छ।

कस्तो अवस्थामा यो भाइरस सक्रिय हुन्छ रु
कन्जङ्क्टिभाइटिस भाइरस वा ब्याक्टेरियामध्ये एउटाको कारण हुन्छ। ब्याक्टेरियाले हुने कन्जङ्क्टिभाइटिस बाह्रैमास सक्रिय रहन्छ।

भाइरस कन्जङ्क्टिभाइटिस भने विशेषतः गर्मी महिनामा वा गर्मी सकिएर हिउँद सुरु हुने समयमा सक्रिय हुन्छ। तराई वा गर्मी स्थानहरूबाट यसको प्रकोप सुरु हुनुले यस पटक गर्मीसँगै यो भाइरस सक्रिय भएको देखिन्छ। यद्यपि सङ्क्रमित व्यक्तिमा भाइरस कन्जङ्क्टिभाइटिससँगै ब्याक्टेरिअल कन्जङ्क्टिभाइटिसको पनि असर पर्ने सम्भावना ज्यादा हुन्छ।

लक्षणहरू कस्ता देखिन्छन् रु
एडिनो भाइरसको सङ्क्रमण भएपछि सुरुमा आँखा बिझाउँछ। आँखा झिम्काउँदा समेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ।

बिस्तारै आँखा रातो हुँदै जान्छ। आँखाको डिल सुन्निन थाल्छ। बिहान उठ्दा चिप्रा पर्छ। एउटा मात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ।

तर, यस भाइरसको असर आँखामा सीमित नरहन सक्छ। यसले फ्लू हुँदाका लक्षणहरू सहित मानिसको शरीरका अन्य अङ्गहरूमा पनि प्रभाव पार्छ। कतिपयलाई टाउको र घाँटी दुख्छ, ज्वरो आउँछ, कानको अगाडिको भाग सुनिनेजस्ता समस्या देखिन्छन्।

असरहरू कस्ता हुन्छन् रु
आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ। निरन्तर आँसु बग्छ र कचेरा जम्छ। कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ ।

भाइरस कन्जङ्क्टिभाइटिस मात्र भयो भने यसले दीर्घकालीन असर पार्दैन। तर, यदि भाइरसको सङ्क्रमण क्षमता उच्च छ तर सङ्क्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने, त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्ली मात्र नभएर नानीलाई पनि असर गर्छ। ‘कर्निया’मा पनि असर गर्ने भएकाले त्यसले फुलो पार्न सक्छ। फुलो पर्नु भनेको मानिसको दृष्टि कमजोर हुनु हो ।

कसरी जोगिने रु
सङ्क्रमितको आँखामा हेर्दैमा यो रोग सर्दैन। तर सङ्क्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले सङ्क्रमण सार्छ। त्यसैले बिरामीको आँसु, चिप्रारकचेराबाट जोगिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

त्यसका लागि सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनु पर्छ। आफूले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाललगायत सामग्रीहरू अरूको पहुँचबाट टाढा राख्नुपर्छ।

सङ्क्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ। विशेषगरी सङ्क्रमित बालबालिका तथा वृद्ध वृद्धाको ख्याल राख्ने मानिसहरूले आफूलाई जोगाउनु चुनौतीपूर्ण हुनसक्छ। सबैले हातले नाक, आँखा र मुख नछुनु अहिलेका लागि प्राथमिक उपायहरू हुन्।

चस्माले छेक्दैन
अस्पताल आउने अधिकांश सेवाग्राही कालो चस्मा लगाएका आउँछन्। यद्यपि कालो चस्माले सङ्क्रमण हुनबाट जोगाउँछ भन्ने होइन।

यसका दुई फरक महत्त्व छन्स् पहिलो आँखा धेरै रातो भएकाहरूले थप बाह्य सङ्क्रमण वा सम्पर्कबाट जोगाउनु र दोस्रो नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठेरो हुने भएकाले त्यसबाट जोगिनु।

रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ।

Previous Post

गर्मी मौसममा कसरी गर्ने स्वास्थ्यको ख्याल ?

Next Post

फिल्मको त्यो एक दृश्यले टुट्यो सामान्था र नागा चैत्यको सम्बन्ध

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
फिल्मको त्यो एक दृश्यले टुट्यो सामान्था र नागा चैत्यको सम्बन्ध

फिल्मको त्यो एक दृश्यले टुट्यो सामान्था र नागा चैत्यको सम्बन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In