• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृषि मन्त्रालयले स्थानीय तहमा पशु चिकित्सा स्नातक भर्ना गर्ने

by
९ भदौ २०८०,
0
कृषि मन्त्रालयले स्थानीय तहमा पशु चिकित्सा स्नातक भर्ना गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले एक सय ६१ स्थानीय तहमा पशु चिकित्सा स्नातक भर्ना गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

स्थानीय तहमा पठाइएको चालु आर्थिक वर्षको सशर्त अनुदानमा यस्तो व्यवस्था गरिएको हो । थप बजेट उपलब्ध भएमा बाँकी स्थानीय तहमा पशु चिकित्सा स्नातक भर्ना गर्न बजेट विनियोजन गर्न मन्त्रालयले पहल गरिरहेको सहप्रवक्ता डा तपेन्द्रप्रसाद बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाल देशमा प्रकोपको रुपमा देखापरेको लम्पी स्किन रोगको नियन्त्रणका लागि सबै प्रदेश र स्थानीय तहमा बजेट विनियोजन भइसकेको मन्त्रालयले जनाएको छ । केही स्थानमा अभियानमूखी खोप कार्यक्रम सम्पन्न भइसकेको छ । देशभित्रै लम्पी स्किन रोगको खोप उत्पादन गरी किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउन लम्पी स्किन भाइरसको सिड प्राप्त गर्न मित्र राष्ट्रसँग पहल भइरहेको छ ।

लम्पी स्किन रोगका कारण पशुधन क्षति भएका किसानलाई राहत उपलब्ध गराउन आवश्यक मापदण्ड मन्त्रालयबाट तयार भई मन्त्रिपरिषद्बाट स्वीकृतिको प्रक्रियामा रहेको सहप्रवक्ता बोहराले बताए । मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रणको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिमा पेश गरेको जनाएको छ । कार्ययोजना कार्यान्वयनका लागि आवश्यक बजेट अर्थ मन्त्रालयबाट माग गर्ने प्रक्रिया पनि अघि बढेको छ ।

बर्डफ्लु रोगको नियन्त्रणका लागि हाल सरकारबाट स्वीकृत ‘बर्ड फ्लु रोग नियन्त्रण नियमावली, २०७८,’ र ‘बर्ड फ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहतसम्बन्धी मापदण्ड, २०७८’ बमोजिम काम भइरहेको छ । उक्त रोग नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ । अफ्रिकन स्वाइन फिभर रोगबाट प्रभावित किसानलाई पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न समेत मन्त्रालय र सम्वन्धित प्रदेशमा छलफल भइरहेको जनाइएको छ ।

पशुपन्क्षीमा देखापर्ने सङ्क्रामक रोगको नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकको मस्यौदा तयार भई प्रदेश तथा स्थानीय तहको राय सुझाव संलग्न गरी स्वीकृतिको प्रक्रियामा रहेको छ ।

पशुपन्छी विकास क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय निरन्तर प्रयासरत रहेका बेला अवरुद्ध हुने गरी कुनै काम नगर्न संवाद र छलफलको माध्यमबाट समस्या समाधानमा सरोकार भएकालाई मन्त्रालयले अपिल गरेको छ ।

नेपालका सबै स्थानीय तहमा पशु सेवातर्फका अधिकृत तथा प्राविधिक सहायकको दरबन्दी स्वीकृत रहेको र सम्बन्धित स्थानीय तह तथा प्रदेश लोक सेवाले पदपूर्ति निरन्तर गर्ने गरेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत निकायको सेवा प्रवाहलगायत विषयमा पशु सेवासँग सम्बन्धित विभिन्न पेशागत सङ्घ सङ्गठनले माग गरेका विषयप्रति ध्यानाकर्षण भएको सहप्रवक्ता बोहराले बताए । मन्त्रालयले सम्बन्धित विषय सम्बोधन गर्न प्रयास गरिरहेको उनले बताए ।

चालु आवको बजेट वक्तव्यको बुँदा नं १६ र ४७ मार्फत मन्त्रालय मातहतका केही संरचना खारेजी तथा पुनःसंरचनामा परेको उल्लेख गर्दै विज्ञप्तिमा कार्यालयको बजेट प्रणालीमा शून्य रहेको विषयमा ती सबै निकायको बजेट एकमुष्ट रुपमा मन्त्रालयमै विनियोजन गरिएको थियो ।

चालु आवमा शून्य बजेट प्रविष्टिका कारण केही कार्यालयमार्फत प्रवाह गरिने सेवा प्रभावित भएकोमा मन्त्रालयको पहलमा अर्थ मन्त्रालयबाट ती कार्यालयको पुन स् बजेट प्रविष्टि कार्य फुकुवा भइसकेको जनाइएको छ । बजेट प्रविष्टको कार्य भइरहेको छ ।

Previous Post

फ्राइडे रिलिजः ‘महानगर’ र ‘जय हो’ हलमा

Next Post

बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक

बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In