बाउले एउटा रोबोट किनेर ल्याएछ । झुटो बोलेको थाहा पाउने रोबोट । झुटो थाहा हुने बित्तिकै रोबोटले एक झापड हान्दो रहेछ । राती खाना खाने बेला भयो ।
बाउः छोरो आज तँ कहाँ गएको यतिबेलासम्म ?
छेरोः रमेशको घर पढ्न ।
रोबोटले एक झापड हान्यो छोरोलाई ।
छोरोः होइन, रिताको घरमा थिएँ ।
रोबोटले अर्काे झापड हान्यो तिरमिरी हुनेगरी ।
छोरोः सरी रितासँग फिल्म हेर्न गएको थिएँ ।
बाउः गधा तेरो उमेरमा म कुनै केटीसँग त्यसरी फिल्म हेर्न गइनँ ।
राबोटले अर्काे झापड हान्यो बाउलाई ।
आमाः हा हा हा यो चाहिँ पक्का तपाईंको छोरो हो ।
रोबोटले अर्काे झापड आमालाई हिर्कायो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













