• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भक्तपुरको बाल सुधार गृह घटनाः फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन

by
६ भदौ २०८०,
0
भक्तपुरको बाल सुधार गृह घटनाः फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।भक्तपुरको बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले आज थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये आज दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

फरार रहेकामध्ये सोमबार रातिसम्ममा दुई सय चार जनालाई पक्राउ गरेको र आज थप १० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको उनले जानकारी दिए । बाँकी सात जना पनि भोलिसम्म पक्राउ गरिसक्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा सुरु भएको घटनाले सोमबार भयावह रुप लिएको थियो ।

सोमबार दिउँसो घरेलु हतियार लिएर गेट भत्काएर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेट्दै कुट्ने गरेपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो ।

घटना १९ सुरक्षाकर्मी र १० जना बन्दी गरी २९ जना घाइते भएका थिए । केही घाइते उपचारपश्चात् फर्किएको र बाँकीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पु¥याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण भएको छैन । मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

उनले मृतकका परिवारसँग भएको छलफलमा भोलि जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको जानकारी दिए । सुधार गृहभित्र आइतबारबाट भएको घटनाले उग्ररुप लिए पछि तीनदिनदेखि यहाँ रहेका बालबालिका भने त्रसित रहेका छन् ।

छानबिन सुरु

आइतबारको घटनापछि जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गठन गरेको छानबिन समितिले आजदेखि काम सुरु गरेको छ ।

घटनाको अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य ल्याउन सहायक सिडिओ निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेकोमा त्यस समितिले आजैदेखि आफ्नो काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

उनले भने, “छानबिन समितिले आजैदेखि आफ्नो काम सुरु गरेको छ । आज समितिको टोलीले सुधार गृह गएर त्यहाँका बन्दी, कर्मचारी, व्यवस्थापकलगायतका विभिन्न व्यक्तिसँग सोधपुछ गर्ने काम सुरु भएको छ ।

सात दिनभित्र यसको प्रतिवेदन आएपछि सुधार गृह र घटनाको वास्तविकता आउने छ ।” त्यसैगरी बालबन्दीबाट सोमबार फरार हुनेक्रममा सुधार गृह र युसेप नेपालमा भएको तोडफोडको यकिन क्षति विवरण सङ्कलन गर्ने कार्य आज भएको उनले बताए । भोलिसम्म क्षतिको पूर्ण विवरण आउने उनको भनाइ छ ।

Previous Post

खप्तड बाबाका केही अमर वाणीहरु

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक
फिचर-ब्यानर

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

१७ असार २०८३,
‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा
समाचार

‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

१७ असार २०८३,
मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
समाचार

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In