• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गैँडाकोटको बसेनी गाउँः पहिले पाखो बारी, अहिले सुन्तला घारी

by
५ भदौ २०८०,
0
गैँडाकोटको बसेनी गाउँः पहिले पाखो बारी, अहिले सुन्तला घारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । सुन्तला बगैँचाले नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । भिरालो र नाङ्गो जमिन अहिले सुन्तालाको बगैँचाले हरियालीमात्रै भएको छैन , भदौको अन्तिम सातासम्म बिक्रीका लागि सुन्तला तयारसमेत हुँदैछ ।

चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हुँदै छ । टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उनले विसं २०७५ बाट व्यावासायिकरूपमा सुन्तला जातका फलफूलको खेती लगाउँदै आएका छन् । “चौध रोपनीबाट सुरु गरिएको सुन्तला जातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौँ”, उनले भने।

एभोकाडो लगाउने योजनासहित बसेनीमा जग्गा खरिद गरे पनि सुनकागती–१ लगाउन धेरै जनाले सल्लाह–सुझाव दिएपछि सुरुमा कागतीबाट व्यावयसायिकरूपमा फलफूलखेती सुरु गरेको किसान रेग्मीले बताए । “सुन्तला बगैँचामा उन्सु जातका सहित १५ सय बोट सुन्तला, १२ सय बोट सुनकागती–१, तीन सय बोट निबुवा, किन्यु, जुनार, लप्सी, टिमुर, स्याउ, आँप, लिचीलगायत फलफूल रहेका छन्”, उनले भने, “यो सिजनमा सुन्ताला र सुनकागती–१ को बिक्रीबाट रु १० लाख आम्दानी हुन्छ होला, गत वर्षभन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो छ ।”

सुन्तला बगैँचामा अहिले भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तलासहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मङ्सिरको १५ देखि पुससम्मको लागि स्थानीय खोको जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीका लागि तयार हुने रेग्मीले बताए । “जग्गा खरिददेखि व्यवस्थापन सबैमा गरी अहिलेसम्म रु दुई करोड ५० लाख लगानी गरिसकेको छु”, उनले भने “अब बल्ल राम्रोसँग उत्पादन दिने समय भयो, अहिले बगैँचामा दुईदेखि पाँच वर्षसम्मका बिरुवा हुर्किराखेका छन् ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिँचाइ, मेसेरेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदानसँगै फलफूल लगाउने आवश्यक ज्ञान, सीप, रोग कीराका बारेमा सहजै सल्लाह–सुझाव पाउँदा व्यावसायिक खेतीलाई बढाउन र पेसामा टिक्नका लागि ऊर्जा मिलेको उनले बताए ।

पहाडी गाउँमा व्यावसायिक कृषि फार्म सञ्चान भएसँगै स्थानीयले रोजगारीसमेत पएका छन् । “पन्ध्र दिनको फरकमा दुई सय कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नुपर्छ”, उनले भने, “कामदार प्रयोग गर्दा सबै यहीँ गाउँका दाजुभाइ, दिदीबहिनीलाई बोलाउने गरेका छौँ ।”

कोदो र मकैमात्रै लगाएर जीविको चलाउँदै आएका यहाँका स्थानीयलाई पहिले गाउँमा सुन्तालाखेती हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । “रेग्मीसरकोे टीकारत्न टुल्की कृषि फार्ममा काम गर्न जाँदा पनि यस्तो ठाउँमा किन लगानी गरेको होला भन्ने लागेको थियो”, स्थानीय युवबहादुर सारुले भने ।

बसेनीमा सुन्तलाको बोट सप्रिँदै गयो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आवश्यक सल्लाह–सुझाव, तालिम, अनुदान प्राप्त भएपछि अहिले गाउँ नै सुन्तलाको बगैँचा बनेको सारुले बताए । यहाँको दोडेटोलका किसान पनि मकै, कोदो छोडेर सुन्तला लगाउन थालेका छन् ।

“बत्तीस रोपनीभन्दा बढीमा छ सय सुन्तलाको बोट लगाएको छु”, सारुले भने, “पहिले कसैले विश्वास गरेका थिएनन् अहिले सुन्तलाको बोट हुर्किएको देखेर म आफैँ दङ्ग परिरहेको छु ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्य जिल्लामा सुन्तालको बगैँचा अवलोकनमा जाँदा यहीँ माटोमा मेहनत गर्ने ऊर्जा मिलेको सारुले बताए ।

परियोजनाले जिल्लामा विसं २०७५ बाट सुन्तलाजातका फलफूल जोनको कार्यक्रम सुरुआत गरेको हो । सुरुमा तीन सय ३१ हेक्टरमा हुँदै आएको खेती परियोजना सुरु भएपछि अहिले आठ सय १८ हेक्टर क्षेत्रमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए । “जिल्लामा परियोजनाले सुन्तलाको पुरानो बगैँचा व्यवस्थापन, नयाँ निर्माण, नर्सरी निर्माणसहित किसानलाई प्रविधिसँग जोड्दै उत्पादन क्षेत्र विस्तारमा काम गर्दै आएको छ”, उनले भने ।

जिल्लामा सुन्तालाको सबैभन्दा धेरै बगैँचा भएको क्षेत्र नै गैँडाकोट– १८ रहेको उनले बताए। “यहाँ किसानले करिब १५ हजार सुन्तालका बोट लगाएका छन्”, उनले भने । जिल्लाको वुलिङ्टार, बौदिकाली गाउँपालिका, गैँडाकोट–१८, देवचुली–६, हुप्सेकोट–५ र मध्यविन्दु–८ र १५ मा सुन्तलाजात फलफूल जोन कार्यक्रम सञ्चालन गरिएको छ । कृषक समूह र उद्यमी गरेर पाँच सयभन्दा बढी किसान यसमा आबद्ध भएको परियोजनाले जनाएको छ ।

Previous Post

डेंगु नियन्त्रण गर्न के गर्दैछन् मेयर बालेन ?

Next Post

बझाङमा एकै परिवारका तीन जनामाथि चक्कु हानियो

सम्बन्धित खबर

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
अन्तर्राष्ट्रिय

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

३१ साउन २०८३,
प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै
अन्तर्राष्ट्रिय

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

३१ साउन २०८३,
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन
आर्थिक

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

३१ साउन २०८३,
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
समाचार

बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

३१ साउन २०८३,
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

३१ साउन २०८३,
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
फिचर-ब्यानर

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

३१ साउन २०८३,
Load More
Next Post
बझाङमा एकै परिवारका तीन जनामाथि चक्कु हानियो

बझाङमा एकै परिवारका तीन जनामाथि चक्कु हानियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In