खासमा कुनै मांसपेशी प्रयोग गरिएन अथवा त्यसलाई काम दिइएन भने त्यो कमजोर हुँदै जान्छ । त्यसैले आँखाको मांसपेशीलाई पनि व्यायामको मौका दिनुपर्छ । आँखालाई भने दिनभरि लगातार काममा लगाइरहनु हुँदैन । प्रत्येक दुई घन्टामा केही मिनेटका लागि आँखा बन्द गर्नुपर्छ ।
यदि चश्मा लगाइरहनु पर्छ भने लगाउने समय घटाउनुपर्छ । चश्माले आँखाको प्रयासलाई प्रायः घटाउँछ । त्यसैले दृष्टि बढाउनका लागि सकेसम्म चश्मा खोल्नुपर्छ ।
गाजरको जुस दिनदिनै सम्भव भएसम्म पिउनुपर्छ । त्यस्तै गाजरको जुसमा जैतूनको तेल पनि हाल्न सकिन्छ । यसो गर्दा गाजरका पोषक तत्व राम्ररी सोस्न सकिन्छ ।
स्क्रीनमा घन्टौं झुण्डिनु हुँदैन । राति सुत्नुअघि वा निद्रा खुल्यो भने स्मार्टफोन पनि हेर्नुहुँदैन ।
खुल्ला हावामा हिँड्दा टाढाटाढार दृष्टि घुमाउनुपर्छ ।
माझी औंलो र चोर औंलोले आँखाको मालिश मालिश गर्नुपर्छ । मालिश गर्दा हल्का मात्र दबाब गर्नुपर्छ ।
आँखालाई मनतातो पानीले धुनुपर्छ । यसो गर्दा आँखाको थकाइ मेटिन्छ र ताजा महसूस हुन्छ ।













