१. मानिसले जति खान्छ, त्यसभन्दा बढी उत्पादन गर्ने शक्ति ईश्वरले उसलाई दिएका छन् ।
२. नैतिकतालाई अतिक्रमण गर्ने कुनै पनि धर्म धर्म नै होइन ।
३. सत्य, धर्म र नैतिकता एक अर्कासँग अपृथक छन् । धर्मको अर्काे नाम नै सत्य हो ।
४. स्वार्थ, द्वेष त्यागेर क्रोधमाथि विजय प्राप्त गर्नु र कसैलाई कुनै प्रकारको दुःख नदिनु नै अहिंसा हो ।
५. असत्यका सामु नझुकेर ज्यानै समेत अर्पण गर्नु नै वास्तविक सत्याग्रह हो ।
६. ब्रह्मचर्य एक महान् व्रत हो । ब्रह्मचर्य बिना मन बलियो हुँदैन र भट्किरहन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













