मुखबाट तरबार निलेर पेटसम्म पु-याउन सक्ने एक २९ वर्षीय युवकले खतरनाक रेकर्ड नै बनाएका थिए । इयान ब्राउन नामका ती युवकलाई एक गज्जबको प्रतिभा छ, जसको प्रदर्शन उनले सन् २०१२ मा गरेर एक विश्व कीर्तिमान कायम गरेका थिए ।
ब्राउनले दुई धारिला तरबारलाई मुखबाट निलेर १३ सेकेण्डसम्म पेटमा राख्न सफल भएका थिए । प्रदर्शनका क्रममा उनको अनुहारमा कुनै डरको भावना देखिएको थिएन । पूरा समय उनी अविचल शान्त देखिन्थे । यस्तो खतरनाक रेकर्डका लागि उनले निकै मेहनत गर्नुपरेको थियो । उनले हरेक दिन ४० पटकसम्म कोट ह्यांगरेको अभ्यास गरेका थिए । उनले त्यही प्रदर्शनीमा अझै खतरनाक स्टन्ट समेत गर्ने घोषणा गरेका थिए । जसअनुसार, उनी फलामका तीखा किलाले भरिएको ओछ्यानमा सुत्न र आफ्नो अनुहारमा किलाको हतौडाले हान्न सक्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













