• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेङ्गु सङ्क्रमण बढेपछि ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न अस्पताललाई निर्देशन

by
१ भदौ २०८०,
0
निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनूस् : स्वास्थ्य मन्त्रालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन् ।

उनले अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार डेङ्गु सङ्क्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ । यस्तै सङ्क्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा सङ्क्रमण देखिएको छ । सुनसरी जिल्लामा मात्र कुल सङ्क्रमितको ५२ दशमलव दुई प्रतिशत रहेका छन् । महाशाखाका निर्देशक डा मरासिनीले डेङ्गु रोगको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएका छन् ।

“दैनिक डेङ्गु सङ्क्रमण बढिरहेको छ । सङ्घअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेङ्गु रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छौं,” उनले भने ।

डेङ्गु रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गु रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनाअुनसार कार्य गर्न र डेङ्गु रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितसमेत गर्न अस्पताललाई भनिएको छ । महाशाखाले अहिलेको अवस्थामा डेङ्गु सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङ्क्रमण ह्वात्तै बढिरहेको बताए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ ।

Previous Post

युएईविरुद्ध न्यूजील्याण्ड १९ रनले विजयी

Next Post

दुर्गममा मध्याह्न १२ बजेपछि लगाइएको उडान प्रतिबन्ध हट्यो

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
दुर्गममा मध्याह्न १२ बजेपछि लगाइएको उडान प्रतिबन्ध हट्यो

दुर्गममा मध्याह्न १२ बजेपछि लगाइएको उडान प्रतिबन्ध हट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In