फरक फरक परिचय दिएर होटल रेष्टुराँ खोल्ने होडबाजीकै बीचमा लिङ्ग रेष्टुरेन्टहरु पनि खुलेका छन् । जहाँ लिङ्गका परिकार मात्र खान पाइन्छ ।
चीनको बेइजिङ्गमा एउटा यस्तो विचित्रको रेष्टुरेन्ट खोलिएको थियो, जहाँ विभिन्न जनावरका लिङ्गबाट बनाइएका परिकार खान पाइन्थ्यो । यस्तो खालको रेष्टुरेन्ट सबैभन्दा पहिले अमेरिकाको जर्जियास्थित अटलान्टाको चाइना टाउनमा १९५६ मा स्थापना भएको थियो । गुओ परिवारले आफ्नो सातौँ पिँढीको जेठो छोरो जन्मेको उपलक्ष्यमा उक्त लिङ्ग होटल खोलेको थियो । पछि चिनको बेइजिङमा सन् २००६ मा गुओ परिवारले नै भव्य लिङ्ग रेष्टुरेन्ट खोल्यो । जसको नाम ‘गुओ ली जुआंग’ हो ।
गुओ ली जुआंग रेष्टुरेन्टको नारा नै ‘भाँडोभित्रको तागत’ राखिएको छ । तर यहाँ मानिसको लिङ्गका परिकार भने पाइँदैन । विभिन्न भाले जीवजन्तुका लिङ्गको मासुका विभिन्न परिकार यहाँ पाइन्छ । घोडा, गधा, कुकुर, हरिण, बोका लगायतका जनावरदेखि लिएर सर्पको लिङ्गको समेत परिकार यहाँ पाइन्छ । बेइजिङको यो लिङ्ग रेष्टुरेन्टका शाखा चीनका अरु शहरमा पनि खोलिसकिएका छन् भने हाल आएर अन्य देशहरुमा पनि यस्तै प्रकृतिका रेष्टुरेन्टहरु धमाधम खुलिरहेका छन् ।
लिङ्गबाट बनेका परिकार खाँदा यौनशक्ति बढ्ने तथा तागत समेत प्राप्त हुने अनुभव रेष्टुरेन्टका ग्राहकहरु बताउँछन् । यस्ता लिङ्ग रेष्टुरेन्टका ग्राहक पुरुषमात्र नभएर महिला ग्राहकसमेत प्रशस्त मात्रामा हुने गरेका छन् ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













