यदि तपाईंले अहिलेसम्म केराको बोक्रालाई फोहोर सम्झेर त्यत्तिकै फ्याँकिरहनु भएको छ भने अबदेखि त्यस्तो नगर्नु होला । किनभने केराको बोक्रामा भएको भिटामिन, कार्बोहाइड्रेट, एन्टि अक्सिडेन्ट तथा पोटासियम जस्ता तत्वहरुले तपाईंको अनुहारमा छालासम्बन्धी समस्या जस्तो डण्डिफोर अथवा कालो दाग आएको छ भने केराको बोक्राले तपाईंलाई सहयोग गर्न सक्छ ।
– केराको बोक्रामा मह लगाएर अनुहारमा हल्का हातले मसाज गर्ने र केही समयपछि सफा पानीले अनुहार धुनु भयो भने तपाईंले छालाका समस्याबाट छुटकारा पाउने हुनेछ ।
– केराको बोक्रालाई मिचेर त्यसमा आधा चम्चा कागतीको रस तथा एक चिम्टी बेकिङ पाउडर मिसाउने । त्यसपछि उक्त मिश्रणलाई ब्ल्याक हेड आएको ठाउँमा लगाउने र दश मिनेटपछि सफा पानीले धुने । त्यसो गर्दा ब्ल्याक हेडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– बिहान सधैँ एउटा केराको बोक्राले दाँतमा राम्ररी रगडेर कुल्ला गर्नाले एक हप्ताभित्रै दाँतको पहेंलोपनबाट छुटकारा पाउन सकिन्छ ।
– केराको बोक्रालाई मिक्सर–ब्लेन्डरमा पिस्ने र त्यसमा एलोभेरा जेल मिसाएर आँखाको तल्लो भागमा लगाउने र उक्त पेस्ट सुकेपछि राम्ररी पखाल्ले गर्नाले आँखाको तल्लो भागमा आएको कालो दाग हराएर जान्छ ।
– केराको बोक्रालाई मिक्सरमा पिस्ने र त्यसमा दुई चम्चा बदामको तेल मिसाएर अनुहारमा लगाउने । करिव २० मिनेटपछि सफा पानीले अनुहार धुने । यसो गर्नाले केराको बोक्रामा पाइने एन्टि अक्सिडेन्टले गर्दा छालाको चाउरीपनाबाट पनि छुटकारा दिन्छ ।
साभारः ‘स्वास्थ्य खरपत्रिका’पुस्तकबाट













