श्रीमान्ः थाहा छ तिमीलाई ? खानेकुरामा मिसावट गर्ने व्यक्तिलाई धमाधम प्रहरीले समातेको छ रे नि ?
श्रीमतीः ला… बित्यास प¥यो नि हजुर ! त्यसो भए त मैले त आज नै आलुमा केराउ मिसाएर पकाएँ नि ! अब के गर्ने ?
कान्छी औँलाको कमाल
छोरीः मम्मी मम्मी तपाईंले पहिले सर्कसमा काम गर्नुभएको थियो ?
मम्मीः किन र छोरी ? गरेकी थिइनँ नि
छोरीः हजुरआमाले फुपूसित हिँजो भन्नुभएको थियो ।
मम्मीः के भन्नुभयो ?
छोरीः तपाईंले बाबालाई कान्छी औँलाले नचाउनुहुन्छ रे !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













