• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिलेको झाडी अहिले कागती बगैँचामा परिणत

by
२६ साउन २०८०,
0
पहिलेको झाडी अहिले कागती बगैँचामा परिणत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ। पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका(३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । यहाँ पुग्ने जोकोहीको ध्यान फलेका कागतीका बगैँचाले तान्ने गरेका छन् ।

गोबरडिहाका किसान अन्जित चौधरीले पाखोबारीमा व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरेपछि उनको दैनिकी फेरिएको छ । चौतिस वर्षीय चौधरीले १० बिघा जमिन भाडामा लिइ कागती खेती सुरु गरेका हुन् । बगैँचा अवलोकन गर्न र खरिद गर्नका लागि विभिन्न ठाउँका मानिस यहाँ आउने गरेका चौधरीले बताए । विसं २०७४ मा यहाँको १० बिघा जमिन भाडामा लिएर व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरिएको उनले जानकारी दिए ।

धनकुटास्थित वनस्पति उद्यानबाट उन्नत जातका सुन कागती-१ र सुन कागती-२ का तीन हजार बिरुवा खरिद गरी खेती थालेको बताउँदै चौधरीले अहिले बगैँचामा पाँच हजारको हाराहारीमा कागतीका बोट रहेका जानकारी दिए। गत वर्ष दुई क्विन्टल भन्दाबढी बिक्री गरेको जनाउँदै उनले यस वर्ष खडेरीका कारण फलेका कागती बढ्न नसके पनि उत्पादनमा भने कमी नभएको बताए ।

उत्पादित कागती बिक्रीका लागि बजारको कुनै समस्या नरहेको भन्दै चौधरीले प्रतिकेजी रू एक सय ५० देखि दुई सयसम्ममा बिक्री गरिरहेको जानकारी दिए। जग्गा प्रयोग गरेबापत उनले वार्षिक रू दुई लाख भाडा तिरिरहेका छन् । खेती गर्न थालेको पाँच वर्ष भएको बताउँदै उनले राम्रो आम्दानी भइरहेको सुनाए । चौधरीका अनुसार यहाँ दुई जनाले पूर्ण र सात जनाले आंशिक रोजगारी पनि पाएका छन् ।

‘अहिले कागती बगैँचा फस्टाउँदै गएको छ । खेती गरेको जग्गा सरकारी जमिन हो । देउखुरीको प्राविधिक शिक्षालयको भवनमा बसेपछि जमिन प्राविधिक शिक्षालयलाई दिनुपर्ने भन्दै बगैँचा खाली गरिदिन भनिरहेका छन्’, उनले भने, ‘गरिरहेको व्यावसाय कहाँ लैजानु समस्या भएको छ ।’

‘बाबुबाजेले धान, मकै, गहुँखती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बसे । अहिले क्याम्पसमा पढ्दै परम्परागत खेतीको विकल्पका रुपमा कागती खेती सुरु गरेको हुँ’, चौधरीले भने, ‘सफल पनि भएको छु । यतिधेरै लगानी गरेर बगैँचा बनाइसके अब कहाँ गएर यो खेती गरुँ रुरु’ यस खेतीका लागि सुरुका वर्ष गढवा गाउँपालिकाले रू तीन लाख र कृषि ज्ञानमाला केन्द्र घोराहीले दुई लाख अनुदान उपलब्ध गराएको उनले बताए।

उनको यस कागती बगैँचा यस क्षेत्रकै सबैभन्दा ठूलो रहेकाले के कसरी खेती गरिन्छ भन्ने जानकारी लिन, शैक्षिक अवलोकन गर्न विद्यार्थी, सञ्चारकर्मी, सर्वसाधारण, कृषक तथा कृषि क्षेत्रका सरकारी व्यक्तित्वहरु आउने गरेका जानकारी दिए । नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने समाचार पढेकाले यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको चौधरीको भनाइ थियो ।

कृषि प्रधान हाम्रो देशमा कृषिका अत्यन्तै सम्भावना रहेका भन्दै उनले यही माटोमा मेहनत गरे मनग्य आम्दानी गर्नसकिने अनुभव सुनाए । यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र तारजाली लगाउने योजना रहेको चौधरीले बताए । राम्रो उत्पादन तथा आम्दानी भएमा कागती प्रशोधन केन्द्रसमेत खोल्ने आफ्नो योजना रहेको उनले सुनाए ।

चौधरीले बर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकामा यसलाई राज्यले रोकेर आफ्नै देशमा आधुनिक आयमूलक काममा लगाउनुपर्ने सुझाव दिए । सरकारले कृषि क्षेत्रमा लागेकालाई अनुदानमा ऋण, कीटनाशक औषधि, बीउबिजन, मल, सिँचाइको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए।

युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालनमा ल्याउने, तालिम, सीपमूलक कृषि कार्यक्रमलगायत रोजगारी केन्द्रित योजना उपलब्ध गराउन सके वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने चौधरीको भनाइ थियो ।

Previous Post

व्यसनको पिछा : एक प्रेरक प्रसङ्ग

Next Post

अछाममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

सम्बन्धित खबर

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
आवाज

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

२० चैत्र २०८२,
आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
आर्थिक

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

२० चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
आर्थिक

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

२० चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२० चैत्र २०८२,
अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

२० चैत्र २०८२,
Load More
Next Post
खोटाङमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

अछाममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In