एक पटक आचार्य विनोबा भावेकोमा एक जँढ्याहा आयो । उसले हात जोडेर भन्यो, महात्माजी यो रक्सीले मेरो पिछा छोड्दै छोड्दैन । तपाईं कुनै यस्तो उपाय बताउनुस् जसले गर्दा यो रक्सीले मेरो पिछा छोडिदिओस् ।
आचार्य विनोबाले त्यो मानिसलाई अर्काे दिन आउनु भन्दै भने, मलाई बाहिरबाट बोलाउनु म आउनेछु । अर्काे दिन त्यो मानिस आयो र उसले बाहिरबाट आचार्य विनोबालाई बोलायो । तर भित्रबाट उनको आवाज आयो, म बाहिर कसरी आऊँ ? यो खम्बाले मेरो पिछा छोडिरहेको छैन ।
त्यो मानिसले आश्चर्य मान्दै भित्र चियाएर हे-यो, त्यहाँको दृश्य देखेर ऊ छक्क प¥यो । भित्र आचार्य खम्बा समाएर बसेका थिए र भनिरहेका थिए यो खम्बाले उनलाई छोडिरहेको छैन । त्यो व्यक्तिले आश्चर्य मान्दै भन्यो, महात्मा तपाईंले पनि कस्तो कुरा गर्नुभएको ? तपाईंले नै यो खम्बालाई समाइरहनु भएको छ र भनिरहनु भएको छ कि यसले मलाई छोडिरहेको छैन । यसले तपाईंलाई समाएको हैन तपाईंले नै यसलाई समाउनु भएको छ । तपाईंले यसलाई छोड्नुभयो भने यसले पनि तपाईंलाई छोड्नेछ ।
यो सुनेर आचार्य मुस्कुराए र त्यो व्यक्तिलाई सम्झाउँदै भने, जसरी मैले यो खम्बा समाइरहेको थिएँ, त्यसैगरी तिमीले रक्सीलाई समाएका छौ । रक्सीले तिमीलाई हैन, बरु तिमीले रक्सी छोडिरहेका छैनौ । यसैले तिमीले रक्सी छोड्यौ भने रक्सीले तिम्रो पिछा आफसेआफ छोड्नेछ । त्यो मानिसले त्यो दिनदेखि रक्सी पिउनै छोडिदियो ।
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट













