दही खान स्वादिलो हुनुको साथै स्वास्थ्यवद्र्धक पनि हुन्छ तर दही खाने समय र तरिका भने मिल्नुपर्छ । यदि समय र तरिका ख्याल गरिएन भने दहीको सेवन विषाक्त बन्न पुग्छ । दही स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । दहीमा केही यस्ता तत्व हुन्छन्, जसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ ।
दही खाँदाका फाइदा
– दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ । दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ । यसबाट पाचनमा मद्दत मिल्छ । भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ ।
– खानाका साथ एक कचौरा दही खाँदा राति निद्रा नलाग्ने समस्यामा फाइदा पुग्छ । यसले रगतको कमि तथा कमजोरी हटाउँछ ।
– दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।
– दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्बन्धी रोगहरुबाट छुट्कारा मिल्छ । पायल्स रोगबाट पिडित व्यक्तिहरुले दिउँसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ ।
– दहीमा मुटुको रोग, उच्च रक्तचाप तथा गुदाको रोगहरुलाई निको पार्ने गजबको क्षमता हुन्छ । यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ ।
– दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यो हड्डीहरुको विकासमा सहायक हुन्छ । साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ ।













