• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

    ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन माग

by
२३ साउन २०८०,
0
पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नेकपा (एमाले) का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन् ।

नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु मारमा परेको जनाउँदै उनीहरूले सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई भरतपुरको केन्द्रीय बसपार्कमा नै रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहेको जनाउँदै त्यसलाई सच्चाउन माग गरिएको चितवन क्षेत्र नं १ का प्रदेशसभा सदस्य एवं एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

उनले पूर्वी चितवनबाट आएका जनतालाई बसपार्कमा झारेर नियतवश दुःख दिइएकाले तत्कालै नारायणगढसम्म यात्रुवाहक बसलाई जान दिनुपर्ने माग गरे । बसपार्कमा झरेका यात्रुलाई म्याजिक र अटोले मनपरी भाडा असुल गरेको जनाउँदै यो मर्का सहन पूर्वी चितवनवासी तयार नभएको एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले बताए । “एउटै जिल्लामा भएर पनि भरतपुर आउँदा पूर्वी चितवनवासीमाथि दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार भएकाले यसलाई यथाशिघ्र छिटो सच्याइनुपर्छ । ” उनले भने । ।

एमालेले ज्ञापनपत्रमार्फत जनताको दैनिक जीविकासँग जोडिएका विषयसमेत सातवटा बुँदामा उठाएको छ । चितवनमा देखिएको मल, बीउ, कृषि सामग्रीको अभाव भएको भन्दै यस विषयमा आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ । यस्तै चितवनमा देखिएको डेङ्गु र आँखा पाक्ने रोग न्यूनीकरण गर्न सरकार सचेत हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

“चितवनमा डेङ्गु र आँखा पाक्ने रोग समस्याका रूपमा फैलिने खतरा रहेकाले जनताको स्वास्थ्यको जिम्मवारी लिएको सरकारले रोगप्रति उदासिन र आवश्यक सतर्कतामा कमी देखिएकाले जनतालाई सुसूचित गरी रोकथाम र उपचारको उचित र पर्याप्त व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ”, ज्ञापनपत्रमा भनिएको छ । पार्टीले सरकारी कार्यालय तथा सार्वजनिक संस्थानबाट हुने सेवालाई प्रभावकारी बनाउन माग गरेको छ ।

सिँचाइ अभावले पश्चिम चितवनका किसानले हालसम्म रोपाइँ गर्न नपाएको भन्दै खगेरी सिँचाइ र नारायणी लिफ्ट सिँचाइलाई पूर्ण क्षमतामा सञ्चालन गर्न भनिएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न माग गरिएको छ । “अहिले दैनिक उपभोग्य खाद्यान्न दाल, चामल, तरकारी खानेतेललगायतका वस्तुको अत्यधिक मूल्यवृद्धि भई सामान्य जनताको चुलो बल्न नसक्ने स्थिति सिर्जना हुँदै गइरहेकाले महँगी र कालोबजारीलाई नियन्त्रण गर्न माग गर्दछौँ”, ज्ञापनपत्रमा भनिएको छ । भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नसमेत माग गरिएको छ ।

Previous Post

२३ ठेकेदार कम्पनी कालोसूचीमा

Next Post

अनुहार चम्काउन मेथी उपयुक्त !

सम्बन्धित खबर

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
आवाज

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

२३ चैत्र २०८२,
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

२३ चैत्र २०८२,
भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने
आवाज

‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

२३ चैत्र २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
Load More
Next Post
अनुहार चम्काउन मेथी उपयुक्त !

अनुहार चम्काउन मेथी उपयुक्त !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In