१. सप्तगण्डकी नदीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ?
– कालीगण्डकी ।
२. वाणगंगा सिँचाइ आयोजना कपिलवस्तु जिल्लामा पर्दछ भने कन्काई सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ ?
– झापा ।
३. नेपालको सबैभन्दा लामो नदी कर्णाली नदीको नेपाल सरहदभित्रको लम्बाई कति कि.मि. रहेको छ ?
– ५०७ कि.मि ।
४. सिक्टा सिँचाई आयोजना बाँके जिल्लामा पर्दछ भने बबई सिँचाइ आयोजना कुन जिल्लामा कार्यान्वयन भएको छ ?
– बर्दिया ।
५. सप्तगण्डकी नदीको नेपाल सरहदभित्रको लम्बाई कति रहेको छ ?
– ३३८ कि.मि. ।
६. मेची नदीलाई भारतमा पुगेपछि महानन्दा भनिन्छ भने कन्काई नदीलाई भारतमा पुगेपछि के नामले चिनिन्छ ?
– बिरिङ ।
७. बागमती नदीको मुहान कुन हो ?
— बाग्द्वार ।
८. नेपाल भएर बग्ने सबै नदीहरु भारतको कुन नदीमा मिसिन्छन् ?
– गंगा नदी ।
९. छाल्चा झरना डोल्पा जिल्लामा पर्दछ भने पाँचपोखरी झरना कुन जिल्लामा पर्दछ ?
– रामेछाप ।
१०. सुर्मा सरोवर बझाङ जिल्लामा पर्दछ भने जाखिरा ताल कुन जिल्लामा पर्दछ ?
– कपिलवस्तु ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













