काठमाडौं । सेबास्टियन बेजले अस्ट्रियन ओपनको उपाधि जितेका छन् ।
आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाका बेजले अस्ट्रियाका डोमिनिक थिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
क्ले कोर्टमा सन् २०१९ का च्याम्पियन थिमविरुद्ध बेजले ६-३, ६-१ को नतिजा निकाले ।
फाइनल खेल कुल एक घण्टा २० मिनेटसम्म चलेको थियो । यो बेजको दोस्रो टूर(लेभल उपाधि हो । निरन्तरको चोट र लय गुमाउने शृङ्खलाबाट पीडित थिम सन् २०२० पछि पहिलो पटक एटीपी टुर फाइनलमा पुगेका थिए ।













