१. तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेशाहरुको काण्ड छोपिएको यो एक महत्वपूर्ण वनस्पति हो । यसको फूलको रङ्ग गुलाबी सेतो हुन्छ र फूलहरु एउटै झुप्पोमा फुल्दछन् । यसको उपयोगी अङ्ग भनेको काण्ड हो । जटामसिको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने अनि आवश्यक मात्रालाई कुट्ने । यसरी कुटेर तयार पारिएको ३÷४ ग्राम जटामसिको धुलोमा थोरी बीरेनुन, भुटेको जीरा, ज्वानोलाई पिसेर मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिन्द्रा हट्छ । खानामा रुचि बढ्छ ।
२. जटामसीको जरालाई हल्का पिसेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले गर्दा सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ ।
३. ३/४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दुधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।
४. यो औषधि रक्त चापका रोगीहरुको लागि उपयोगी छ । उन्माद (बौलाहपन), छारेरोगका रोगीहरुको लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ ।
५. जटामसि चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरि लेप बनाउने । उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ ।
साभारः हाम्रो डाक्टर’ बाट













