भारत स्वतन्त्र भइसकेपछि नेहरु राजधानीको विशाल जनसभालाई सम्बोधन गर्न आउँदै थिए । फूलमाला लिएका महिलापुरुष सडकको दुवै किनारमा लामबद्ध थिए । त्यही भीडमा एउटा गाउँले झुत्रे मान्छे पनि उभिएर रमिता हेर्दै थियो ।
कसैले पछाडिबाट एक्कासी धकेल्दा ऊ पछारियो । तर मानिसहरुको ध्यान नेहरुमै थियो । कसैले पनि उसको ख्याल गरेन । उल्टो एउटा केटो उसको ढाडमा टेकेर नेहरुको कारतिर हेर्न थाल्यो । नेहरुले आफ्नो कार रोके । दौडँदै गएर त्यो केटाको गालामा चड्काए । अक्क न बक्कसँग हेरिरहेको केटालाई हेर्दै नेहरुले भने— अरे बेवकुफ ! मतिर के हेर्दैछौ ? यस गरिब गाउँलेतिर हेर जो तिम्रो खुट्टामुनि च्यापिएको छ ।
साभारः ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट













