एक युवक स्वामी विवेकानन्दलाई भेट्न गयो । उसले आफ्नो आध्यात्मिक जीवनमा प्रगति नभएकोमा निराशा व्यक्त गर्न थाल्यो ।
‘स्वामीजी, म कोठाभित्र ढोका बन्द गरेर बसिरहन्छु, तैपनि शान्ति मिल्दैन । के तपाईं यसको कारण बताइदिनु हुन्छ ?
विवेकानन्दले भने— यदि तिमी मेरो कुरा मान्छौ भने सबैभन्दा पहिले आफ्नो कोठाको ढोका खुल्ला राख्नू । तिम्रो छिमेकमा सयौँ गरीब र बेसहारा मानिस छन्, उनीहरुको सक्दो सेवा गर । भोकाहरुलाई भोजन गराऊ । रोगीहरुलाई औषधी देऊ । निरक्षरहरुलाई पढाऊ । यसो ग¥यौ भने तिम्रो मनलाई अवश्य शान्ति मिल्नेछ ।’
साभारः ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट













