• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

by
९ साउन २०८०,
0
भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भिरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुगेका उनी सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहेका छन् ।

नाताले मामभाञ्जा (हस्तराम मामा र तीर्थमनी भाञ्जा)ले प-याङ (मालिङ्गोको चोया प्रयोग गरेर बनाइएको भ-याङ)बाट अक्करे भिर टेक्ने र समाउने दुवै ठाउँ नभएको अप्ठ्यारो भिरमा समेत गएर जोखिमपूर्ण अवस्थामा मह सिकार गर्ने गर्दै आएका छन् । उनीहरुको साथमा सुतारे, दोभाषे (कोट भाषामार्फत सहकर्मीलाई जानकारी दिने व्यक्ति) र अन्य दर्जनबढी सहयोगीले पनि साथ दिँदै आएका छन् ।

पछिल्लो समय अक्करे भिरबाट मौरीको मह सिकार गर्नु साहसिक र मनोरञ्जनको माध्यम बनेकाले युवापुस्ता आकर्षित भएका छन् । परापूर्वकालदेखि आफ्नो परम्परागतरुपमा भिर मौरीको मह सिकार गर्दै आएका तीर्थमनी र हस्तरामलाई अहिले सोही स्थानका ३५ वर्षीय धनकुमार राई, ३४ वर्षीय धर्मसिं राई, ३१ वर्षीय किशोर राई, २८ वर्षीय तिलक राई, २६ भैराज राई, २२ वर्षीय नैराज राई, २१ वर्षीय चुमाहाङ राई, ३८ वर्षीय किरण राई, ३७ वर्षीय जवानसिं राई, २२ वर्षीय रोशन राई, ३३ वर्षीय विशाल राई, र ३१ वर्षीय हरिध्वज राई साथ दिँदै आएका छन् ।

उक्त मह लिन राजधानी काठमाडौँलगायत विभिन्न सहरमा बसोबास गर्दै आएका स्थानीयवाससी बेलाबखत गाउँ फर्किने गरेका छन् । शुक्रबारे फेदी निवासी राजन राईले आफू भिर मौरीको महकै लागि साथीसँग काठमाडौँबाट गाउँ फर्किएको बताए ।

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प-याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भिर मौरीको मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प-याङेसम्म पु-याउनेलाई सुतारे भनिन्छ ।

प¥याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुँवा लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । फेदीका दर्जनबढी भिरमा वर्षौँदेखि भिर मौरी बस्ने गरेको पाइएको छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभिर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभिर झरना, तेरावास्थित तेरावाभिरलगायत ठाउँमा वर्षौँ अघिदेखि भिर मौरी बस्दै आएको छ ।

भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भिर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन् ।

फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भिर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताए । “मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ । अहिले युवापुस्ता पनि यसमा आकर्षित भएका छन्”, उनले भने, “उनीहरुलाई हामीले नै सिकायौँ । युवापुस्ता पेसेवार बन्दा आफूहरुलाई खुसी लागेको छ ।”

केपिलासगढी गाउँपालिकाकै वडा नं ७ सुङ्देल र भोजपुरका विभिन्न ठाउँमा भिर मौरीको मह झिक्न जाने गरिएको फेदीका युवा सिकारी किशोरले बताए ।

“भिर मौरीको महको माग दिनदिनै बढिरहेको छ । माग धान्न सक्ने अवस्था छैन”, उनले भने, “मह काढेकै ठाउँमा एउटा जम्बो बोत्तल ९ड्यूको दुई दशमलव २५ लिटरको बोत्तल०को रु छ हजारमा बिक्री हुन्छ । यसवर्ष भिर मौरीको थोरै पोला भएकाले माग गर्ने सबैलाई पु-याउन सकिएन । एउटा पोलामा कम्तीमा पनि आठ÷दश बोतल मह हुन्छ ।”

भिर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्लालगायत गाउँभिरका बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवको रूपमा भेला हुने गरेका छन् । फेदीमा उत्पादित भिर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा निर्यात हुने गरेको छ ।

फेदीमा पाइने मह सिकार गर्ने प्रचलनलाई मुन्धुम ट्रेल ९पद मार्ग०सँग जोडेर पर्या–पर्यटनको रूपमा विकास गर्न सकेमा स्थानीय बासिन्दाका लागि ठूलो आम्दानीको स्रोत हुने स्थानीय बासिन्दा एवम् नेकपा ९माओवादी केन्द्र०का युवा नेता लक्ष्मण राई ‘समीप साम्पाङ’ले बताए ।

“भिर मौरीको मह सिकार गर्नुका साथै फेदीमा साहसिक र भरपुर मनोरञ्जन गर्न पाइन्छ । भिर मौरी रहेको स्थान नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धम ट्रेलभन्दा करिब एक घण्टा टाढा ओरालो झरेपछि पुगिन्छ ।

मुन्धुम ट्रेल आउने पर्यटकलाई एक रात तेरावामा बास बसाएर भोलिपल्ट भिर मौरीको मह सिकार गराउन सकिन्छ”,समिपले भने, “भिर मौरीको मह सिकार गर्न चाहने पर्यटकका लागि सरकारले विशेष योजना बनाएर पर्यटन प्रवर्द्धन गराउनुपर्छ । यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।”

पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण फेदीमा भिरमौरी मासिदै गएको वृद्ध सिकारी तीर्थमानले बताए । “पहिले पहिले एउटै भिरमा नौँ÷दश पोला मैरी हुन्थ्यो । एउटा भिरको मह काढ्न हप्ता दिनसम्म लाग्थ्यो”, उनले भने, “अहिले विभिन्न कारणले भिर मौरी घट्दै गएको छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।”

भिर मौरीको मह सिकार गर्ने प्रचलनलाई पर्यटनसँग जोड्नेगरी गाउँपालिकाबाटै योजना बनाउने तयारी गरिएको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताए ।

“हामीले भिरमौरी संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाउने तयारी गरेका छौँ । भिर मौरीको महको माग पनि प्रशस्त भएकाले स्थानीय बासिन्दालाई मात्र नभइ गाउँपालिकाका लागिसमेत यसैबाट मनग्गे आम्दानी हुने सम्भावना देखिएको छ”, उनले भने, “पराम्परागतरूपमा गरिँदै आएको भिरमौरीको सिकारलाई कसरी परिस्कृत गर्ने भन्नेमा पनि छलफल भइरहेको छ ।

परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेको पाइयो । यसले अन्य पोला विस्तारमा असर पुगेको हामीले महसुस गरेका छौँ । आगामी दिनमा कम क्षति हुनेगरी सिकार गर्ने उपायसमेत खोज्दै छौँ ।”

फेदीका बासिन्दाले उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँभौलीको समयमा जेठ–असारगरी दुईचोटी भिर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा कम्तीमा पनि रु पाँच लाखदेखि रु छ लाखसम्मको मह सिकार हुने गरेको स्थानीय बासिन्दाले बताए ।

किरात राई ९साम्पाङ० समुदायले भिरमौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कारसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भिरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात पितृ (दिबङ्गत भएका व्यक्ति) लाई चढाएपछि मात्र प्रसादको रुपमा ग्रहण गर्छन् ।

दस स्थानीय तह रहेको खोटाङमा भिर मौरी केपिलासगढी गाउँपालिमामात्र पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भिर मौरीलाई पर्यटनसँग जोड्न सके जिल्लाकै आर्थिक समृद्धिमा टेवा पुग्ने पर्यटन व्यवसायीहरुले बताए ।

Previous Post

झापामा जेठयता १० जनाको डुबेर मृत्यु

Next Post

पुरातात्विक महत्वका बालधारा संरक्षणको पर्खाइमा

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

१३ असार २०८३,
खाडीको जीवनभन्दा गाउँ प्यारो
आर्थिक

खाडीको जीवनभन्दा गाउँ प्यारो

१३ असार २०८३,
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता
आवाज

फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

१३ असार २०८३,
आवाज

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

१३ असार २०८३,
युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
Load More
Next Post
पुरातात्विक महत्वका बालधारा संरक्षणको पर्खाइमा

पुरातात्विक महत्वका बालधारा संरक्षणको पर्खाइमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In