१. हामीले यदि देशको पुनरुत्थान गर्नु छ भने आमजनताका लागि काम गर्नुपर्नेछ ।
२. जो अरुका लागि बाँच्दछन् मात्र ती जीवित छन्, अरु सबै मृत ।
३. हाम्रो देशलाई आज जुन कुराको आवश्यकता छ त्यो फलामका मांशपेशी र स्टीलका स्नायु, प्रचण्ड इच्छाशक्ति जसलाई संसारको कुनै तागतले अवरोध गर्न नसकोस् । जो जगतका गुप्त तथ्य र रहस्यको भेदन गर्न सकून् । जुन उपायले पनि आफ्नो लक्ष्यको पूर्ति गर्न समर्थ होऊन् । त्यसपछि चाहे समुद्रको पिँधमै पनि पुग्न किन नपरोस्, साक्षात मृत्युकै सामना गर्न किन नपरोस् ।
४. तिम्रो देशलाई वीरको आवश्यकता छ । त्यसैले वीर बन । पर्वतझैँ अडिग रहु । सत्यको नै विजय सुनिश्चित छ । भारत चाहन्छ कि एक नयाँ विद्युतशक्ति राष्ट्रको नसानसामा नयाँ जीवनको संचार गरोस् । साहसी बन, मनुष्य एक पटक नै मर्दछ । मेरा शिष्य कायर नबन । मलाई कायरतासँग घृणा छ । गंभीरतम कठिनाईमा पनि आफ्नो मानसिक सन्तुलन कायम राख । क्षुद्र अबोध जीव तिम्रो विरुद्ध के भन्दछन् त्यसको वास्ता नगर । उपेक्षा ! उपेक्षा ! उपेक्षा ! ध्यान राख आँखा दुई छन र कान पनि दुई नै तर सुख केवल एक छ । पर्वतकाय विघ्न बाधाबाट हुँदै सबै काम सम्पन्न हुन्छन् । आफ्नो पुरुषार्थ प्रकट गर । काम र भौतिक सुन्दरतामा बाँधिएका मोहान्थ व्यक्ति उपेक्षाको दृष्टिले हेरिन योग्य छन् ।
५. साहसी र शक्तिशाली बनेर उभियू । सम्पूर्ण उत्तरदायित्व आफ्नो काँधमा बोक र बुझ कि तिमी नै आफ्नो भाव्य विधाता हौ । तिमीलाई जति शक्ति चाहिन्छ त्यो तिमीभित्रै छ । अतः आफ्नो भविष्य तिमी स्वयम् निर्माण गर ।
६. उठ, काममा जुट । यो जीवन नै कति दिनको पो छ र जब तिमी यस संसारमा आएका छौ, तब केही चिन्ह छाडेर जाऊ । अन्यथा तिमी र रुख–वृक्षमा के अन्तर भयो ? यी पनि जन्मिन्छन्, परिणाममा पुग्छन् र मर्दछन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













