• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

    विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

    विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

    भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

    स्मार्ट बन्दै हुलाक : घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

    स्मार्ट बन्दै हुलाक : घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेनी-जोमसोमको रुप्सेमा बेलिब्रिज निर्माणपछि यातायात सञ्चालन

by
५ साउन २०८०,
0
बेनी-जोमसोमको रुप्सेमा बेलिब्रिज निर्माणपछि यातायात सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर।राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा बेलिब्रिज निर्माण गरिएपछि यातायात सञ्चालन भएको छ ।

उक्त सडकखण्डको स्तरोन्नतिसँगै बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेलिब्रिज आजदेखि नियमित पूर्णरूपमा सञ्चालन भएको हो । तीन वर्षअघि विसं २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो । पुल बगाएपछि बर्खायाममा सवारीसाधन आवतजावत गर्न निकै समस्या हुने गरेको थियो ।

बेलिब्रिज निर्माणसहित दुई सय ५० मिटर सडक स्तरोन्नति गर्न बेनी–जोमसोम कोरला सडक आयोजनाले मुक्तिनाथ निर्माण सेवासँग एक वर्षमा निर्माण सक्ने गरी गत पुसमा रु तीन करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको सम्झौता समय एक वर्षको भए पनि निर्माण कम्पनीले करिब ८० प्रतिशत काम छ महिनामै सम्पन्न गरेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

बेलिब्रिज जडानको काम तीन महिनामा सम्पन्न भएको छ । पुल संरक्षणका लागि वारिपारि आवश्यक संरचना निर्माण गरिएकाले रुप्सेमा बाढी आए पनि पुल सुरक्षित हुने आयोजना प्रमुख प्रजापतिले बताए । उनले भने, ‘झरनाको वारिपारिको सडक फराकिलो बनाएर ढुङ्गाको सोलिङ गरिएको छ । अघिल्लो वर्षजस्तो सडक हिलो र माथिबाट ढुङ्गा र पहिरो खस्ने जोखिम कम भएको छ । अब रुप्से खण्डमा सडक सहज भएको छ ।’

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा काली गण्डकीमा पक्की पक्की पुल निर्माण भएसँगै उपयोगविहीन भएको ४८ मिटर लामो बेलिब्रिजलाई रुप्सेमा स्थानान्तरण गरिएको उनले बताए । पुलमाथि गाडी गुडाएर प्रेसर ९चाप० नाप्ने कामसमेत भएकाले एकपटकमा १७ टनभन्दा माथिका मालवाहक सवारीलाई भने आउजाउमा रोक लगाइएको उनले बताए ।

बेलिब्रिज निर्माणका लागि दुवैतर्फ ग्यावियन पर्खाल र आरसिसी पर्खाल निर्माण गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । उनले भने, ‘बेलिब्रिज निर्माण सकिएको छ । बर्खायाममा रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । बेलिब्रिज निर्माण भएसँगै यो समस्या हटेको छ । यातायातका साधनलाई सहज हुने भएको छ ।’

पक्की पुल निर्माणको क्रममा रहेको रुप्सेमा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेपछि बेलिब्रिज बनाइएको थियो । गत आवमा म्याग्दीको सदरमुकाम बेनीबाट पर्वतको जलजला गाउँपालिका–२ र ३ नं वडा बगरफाँटको बस्तीलाई जोड्ने र अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङखोलामा बेलिब्रिज जडान गरिएको थियो ।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भू–बनावट, कालीगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथिबाट ढुङ्गा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ ।

विभिन्न ठाउँमा नदी कटान र पहिराले क्षति पुगेपछि स्थानीयवासी तथा पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विष्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक रहेको छ ।

Previous Post

कैलालीको वन क्षेत्र घट्दै

Next Post

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

१४ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

१४ साउन २०८३,
विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी
समाचार

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

१४ साउन २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१४ साउन २०८३,
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
समाचार

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

१४ साउन २०८३,
स्मार्ट बन्दै हुलाक : घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
समाचार

स्मार्ट बन्दै हुलाक : घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

१४ साउन २०८३,
Load More
Next Post
नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In