• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

खाद्यान्न सम्झौता अन्त्यले युक्रेनी किसानमा उब्जाएको चिन्ता

by
५ साउन २०८०,
0
खाद्यान्न सम्झौता अन्त्यले युक्रेनी किसानमा उब्जाएको चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रूसले यसै साता ‘ब्ल्याक सी’ निर्यातलाई अनुमति दिने सम्झौताबाट बाहिरिएपछि भण्डार स्थानान्तरणमा बढ्दो अवरोधबारे विचार गर्दै युक्रेनी किसान भिटाली बाइलेन्कोले आफ्नो भण्डारमा रहेको अन्नको पहाडलाई दुःखी नजरले हेरे।

युक्रेन, युरोपेली मुलुक र संयुक्त राज्य अमेरिकाले गत जुलाईमा संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको ऐतिहासिक सम्झौता रद्द गर्ने मस्कोको निर्णयप्रति दुःख व्यक्त गरेका छन्। तर बाइलेन्कोले इस्तानबुलमा भएको सम्झौताले वास्तवमा महिनौंसम्म मुस्किलले काम गरेको बताए।

यसले कागजमा मात्र काम गरिरहेको थियो। त्यो पनि अन्त्य भएको छु बाइलेन्कोले भने। युक्रेनले खपत गर्ने भन्दा धेरै गहुँ उत्पादन गर्दछ र निर्यातले विश्वव्यापी खाद्य सुरक्षा र विशेषगरी अफ्रिकी देशहरूमा योगदान पु¥याउँछ।

यो सम्झौता रद्द भएपछि विश्वमा अभाव वा मूल्यवृद्धिको डर बढेको छ जसले कमजोर देशहरूलाई सबैभन्दा बढी असर पार्न सक्छ।

युक्रेनका अधिकारीहरूले हालैका महिनाहरूमा रूसले सम्झौतामा अवरोध गरेको आरोप लगाएका थिए। बाइलेन्कोका अनुसार केही जहाजहरू युक्रेनी बन्दरगाहहरूमा खाद्यान्न निर्यात गर्न पहिले नै वैकल्पिक मार्गहरू प्रयोग गरिरहेका थिए।

उनले भने, ओडेसामा हामीबाट अन्न किन्ने प्रस्तावहरू कम थिए र हामीले पहिले नै हाम्रा लगभग सबै अन्नहरू साना नदी र बन्दरगाहहरूमा लगेका थियौं।

बरु, एक हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएको उनको आफ्नो खेतमा लगाएको गहुँ, मकै र सूर्यमुखी छमेकी देश रोमानिया हुँदै जाँदै थियो। उनले करिब ३५ जनालाई रोजगारी दिने गहुँ, मकै र सूर्यमुखी खेती गर्छन्।

ुमलाई लाग्छ ९यस वर्ष० को लागि बाँकी पाँच महिनामा पर्याप्त परिवर्तन हुनेछैन। तर रोमानियाको मार्ग ‘ब्ल्याक सी’ मार्गभन्दा अधिक महङ्गो र जटिल छ। नदीमार्फत् जोडिने अन्य बन्दरगाह उनको खेतबाट ओडेसाभन्दा लगभग २०० किलोमिटर टाढा छ।

ुहाम्रो नाफाको अनुपात घट्दै गएको छ, उनले भने, विकल्पहरूको अभावको कारण, अन्न अब रोमानिया मार्फत पठाइनेछ। यसले मूल्यलाई थप कम गर्छ, बाइलेन्कोले चिन्ता ब्यक्त गरे।

रोमानियालगायत पाँच छिमेकी युरोपेली मुलुकले आफ्नो स्थानीय बजारमा मूल्य घट्ने चिन्ताका कारण युक्रेनको खाद्यान्न बिक्रीमा रोक लगाएका छन्।

उनले भने, जति धेरै उत्पादन हुन्छ, त्यति नै कम मूल्य हुन्छ। यो बर्ष गहुँ राम्रो फलेको थियो। खेतमा ४०० टन गहुँ थुप्रिएको छ।

युद्ध अघि, मूल्य प्रति टन २७० अमेरिकी डलरको हाराहारीमा आसपास थियो, अहिले किन्नेहरूले प्रति टन १२० अमेरिकी डलरप्रस्ताव गर्छन्। हामीले प्रति टन १३५ सम्म पाउन सके राहत हुने भन्दै क्रिरहेका छौँ। तर खाद्यान्नको मूल्य वृद्धिको कुनै सङ्केत देखिँदैन।

सम्झौतालाई जोगाउन युक्रेनले ‘ब्ल्याक सी’ सँग सीमा जोडिएका अन्य देशहरूसँग संयुक्त गस्तीको प्रस्ताव गरेको छ तर रूसले युक्रेनी बन्दरगाहनजिक रहेका जहाजहरूलाई निशाना बनाउने धम्की बारम्बार दिँदै आएको छ।

बाइलेन्को एक प्रतिनिधि पात्रका रूपमा युक्रेनी किसानको पीडा व्यक्त गर्नुभएको छ। उनी भन्छन्, स्थिति पीडादायी हुन सक्छ। गएको गृष्ममा किसानहरूले आफुहरूसँगको अन्न जसरी पनि बेच्न सक्नेमा आशावादी बनेका थिए। युक्रेनमा अन्नको प्रतीकात्मक महत्व याद गर्न गाह्रो छ।

किभशोभाटा एग्रोका अर्का कृषि व्यवसायका प्रमुख कार्यकारी अधिकृत ल्युडमिला मार्टिनयुकको कार्यालय गहुँको बोक्रा र राष्ट्रिय कवि तारास सेभचेन्कोको चित्रले सजाइएको छ।

युक्रेनमा गहुँ र अन्य बाली लगाउन करिब तीन करोड हेक्टर उर्वर भूमि रहेको उनले बताए।

मार्टिनयुकले भने, युरोप, एसिया र अफ्रिकाका बजारहरूमा हाम्रो पहुँच हुनु हाम्रो लागि धेरै महत्वपूर्ण छ। यसले विश्व बजारमा खाद्य असुरक्षाको समस्यालाई सम्बोधन गर्छ। तर सम्झौताको अन्त्य हुनु सबैका लागि दुःखको बिषय बनेको छ।

उनले कुराकानीमा भने, “यो सम्झौता ‘निकै अप्रिय’ थियो किनभने यसको अर्थ युक्रेनी उत्पादकहरू घाटामा बेच्न बाध्य बनेका थिए। यसको अन्त्यले मूल्य पाउने सम्भावना बढेपनि ढुवानीका लागि बाटोको समस्या हुँदा बजारको अभाव भने भएको छ।

हामी युरोपले प्रस्ताव गरेको उच्च मूल्यमा बिक्री गर्न सक्षम हुनेछैनौुं उनले दुखेसो पोखे। युक्रेन गरिब छ। हामी त्यहाँ  हुन आवश्यक छ,उनले थपे।

मार्टिनयुकले भने, यसबाहेक, अफ्रिकी देशहरूमा अन्न सम्झौताको अन्त्यको प्रभाव पनि चिन्ताको विषय हो, हामी अफ्रिकामा अनिकाल हुन दिन सक्दैनौं।

उनले सम्झौता नवीकरणका लागि ‘सक्रिय वार्ता’को आह्वान गरेका छन्। सम्झौतामा युक्रेनी किसानले पाउने गरेको न्यून मूल्यबारे पनि सोच्नुपर्नेमा उनले जोड दिए।

उनको कम्पनीले जापानी लगानीकर्ताहरूको सहयोगमा दुई हजार ५०० हेक्टरमा हिउँदे गहुँ, मकै, सूर्यमुखी र ज्वार खेती गर्दछ।

अमेरिकाले बनाएको ‘कम्बाइन हार्वेस्टर’हरू खेतमा काम गरिरहेका छन् र हिउँदे गहुँ काटिरहेका छन्।यो अन्न अब बिक्री गर्न आवश्यक हुनेछ र निर्यातमा रोक भएको र उत्पादन राम्रो भएकोले घरेलु बजारमा मूल्य अत्यधिक कम छु मार्टिनयुकले भने।

ओडेसा बन्दरगाहहरू बन्द भए तापनि उनको फर्मले पनि बाइलेन्कोले जस्तै युक्रेनको नदी बन्दरगाहहरूमार्फत् निर्यात गर्ने योजना बनाएको छ। मार्टिनयुकले भने, ुहामीसँग अन्य कुनै उपाय छैन।

केही सिपिङ कम्पनीहरूले ओडेसाबाट जलयात्रा जारी राख्ने प्रयास गर्न सक्ने सुनेको तर रूसी आक्रमणका कारण यो सम्भव छ कि छैन भन्ने स्पष्ट नभएको उनले बताए।

यद्यपि युक्रेनको अन्नको प्रचुरता र अपेक्षाकृत कम लागतले अन्ततः मार्टिनयुकजस्ता किसानलाई विश्व समुदायले यसप्रति केही न केही सोच्नेछ भनी आशावादी बन्न बल मिलेको छ।

उनले भने, हाम्रो उत्पादन धेरै सस्तो छ र हामी युरोपेली तथा अन्य बजारमा प्रतिस्पर्धी छौं भन्ने देखेका छौँ। तपाईंहरूको ९फ्रान्सेली तथा अन्य यूरोपेली० मुलुकको खाद्य सुरक्षाको लागि, यो धेरै महत्वपूर्ण छ।

Previous Post

जसपाले फेर्यो झन्डा र लोगो

Next Post

बैतडीमा जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी

बैतडीमा जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In