• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक असन्तुलन गहिरिँदै जाँदा चिनियाँ अर्थतन्त्रको गति पनि सुस्त

by
४ साउन २०८०,
0
‘बीआरआई’मा किन फस्यो चीन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आर्थिक असन्तुलन गहिरिँदै जाँदा चिनियाँ अर्थतन्त्रको गति पनि सुस्ताउन थालेको छ । यसै वर्षको जुन महिनाको तथ्यांकअनुसार चीनमा खुद्रा बिक्री घटेको छ भने निर्यातकर्ताको मागमा पनि कमी आएको छ । त्यसमाथि सुस्त औद्योगिक उत्पादनले अर्थतन्त्रको सुधारमा सुस्ता पैदा भएको छ ।

चीनमा खुद्रा वस्तुको बिक्री जुन महिनामा ३ दशमलब १ प्रतिशतले बढेको छ । यसअघि मे महिनामा यो १२ दशमलब ७ प्रतिशतले बढेको थियो । चीनको औद्योगिक उत्पादन ४ दशमलब ४ प्रतिशतले बढेको पाइएको छ । चीनमा औद्योगिक उत्पादनमा केही बढोत्तरी भएपनि मागको अवस्थामा भने सुधार आउन सकेको छैन । मे महिनामा चीनको औद्योगिक उत्पादन ३ दशमलब ५ प्रतिशत रहेको थियो ।

जुन महिनामा चीनको निर्यात १२ दशमलब ४ प्रतिशतले घटेको पाइएको छ । यो तीन वर्ष यताकै सबैभन्दा ठूलो गिरावट हो । यस्तै, चीनको आयात पनि ६ दशमलब ८ प्रतिशतले घटेको छ ।

त्यसबाहेक चीनमा प्रत्यक्ष विदेशी लगानी एफडीआईमा पनि उल्लेखनीय गिरावट देखिएको छ । यस वर्षको पहिलो ५ महिनामा चीनमा प्रत्यक्ष विदेशी लगानी ५ दशमलब ६ प्रतिशतले घटेको छ । विकसित मुलुकहरुमा उच्च मुद्रास्फीतिका कारण चीनको विदेशी व्यापारमा पनि धक्का लाग्ने अपेक्षा गरिएको छ ।

यस्तै, चीनको धितोपत्र बजारले पनि अन्य मुलुकको तुलनामा सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन । गत जनवरी महिनामा हालसम्मकै उच्च रहेको चिनियाँ धितोपत्र बजारमा त्यसयता झण्डै २० प्रतिशतको गिरावट आएको छ ।

जुन महिनामा चीनमा आन्तरिक पर्यटनमा पनि कमी आएको छ । चीनको परम्परागत ‘ड्रागन बोट फेस्टिभल’ मा आफ्नै देशभित्र घुमघाम गर्ने पर्यटकको सङ्ख्या महामारीअघिको अवस्थामा अझै आउन सकेको छैन ।

त्यसैगरी, चीनको सेवा क्षेत्रमा पनि सुस्तता आएको छ । साना, मझौता एवम् एकल व्यवसायको बर्चश्व रहेको चिनियाँ सेवा क्षेत्रको आयमा गिरावट देखिएको छ । यसकारण चीनमा सेवा क्षेत्रले कामदारको भर्ती र विस्तारमा सावधानी अपनाएको पाइएको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार मुलुकमा युवा बेरोजगारको सङ्ख्या कीर्तिमानी रुपमा बढेर २१ दशमलब ३ प्रतिशत पुगेको छ । यसअघि मे महिनामा यो २० दशमलब ८ प्रतिशत रहेको थियो ।

चीनको अर्थतन्त्रले गति नसमाते यो अझै विकराल बन्ने प्रक्षेपण गरिएको छ । बेरोजगारीको समस्याले चीनमा सामाजिक स्थीरतामा पनि खलल पु¥याउने र यसबाट मुलुकको आर्थिक आत्मविश्वासमा पनि कमी आउनसक्ने देखिन्छ ।

ऋणमा आधारित लगानी भएको अर्थतन्त्रबाट आन्तरिक उपभोगमा आधारित अर्थतन्त्रतर्फ रुपान्तरण गर्ने चिनियाँ राष्ट्रपति सी जिन्पिङको नीति सफल हुन सकेको छैन ।

चिनियाँ नेतृत्वले सामाजिक लोककल्याण र स्वास्थ्य सेवाको विस्तारमा उदासिनता देखाएका कारण चिनियाँहरु उपभोगमा खर्चभन्दा पनि बचतमा बढी केन्द्रीत हुन थालेका छन् । यसबाट अपेक्षाअनुसार उपभोगमा चिनियाँले गर्ने खर्च पनि सुस्त देखिएको छ ।

घरजग्गाको कारोबारका माध्यमबाट आय संकलन गर्ने चीनका स्थानीय सरकारहरु पनि घरजग्गा बजार ओरालो लागेसँगै वित्तीय दबाबमा रहेका छन् ।

चीनको आर्थिक वृद्धि लामो समयसम्म सुस्त रहने विश्लेषकहरुको भनाइ छ । चीन सरकारले सह–समृद्धि र उपभोगमा खर्च बढाउने नीति लिएपनि यसअनुसार संरचनागत आर्थिक सुधार गर्न नसक्दा चिनियाँ अर्थतन्त्रले गति लिन नसकेको आलोचकहरु बताउँछन् ।

सुस्ताएको अर्थतन्त्रलाई गति दिन सी जिन्पिङ नेतृत्वको सरकारलाई कठिन बन्दै गएको छ । राष्ट्रपति सीले निजी क्षेत्रको बदलामा सरकारी स्वामित्वका उद्योगमा बढी जोड दिँदै आएका छन् ।

यद्यपि चीनमा सरकारी स्वामित्वका उद्योगको उत्पादकत्वभन्दा निजी क्षेत्रकोभन्दा न्यून रहेका कारण यसबाट चिनियाँ अर्थतन्त्रमा उल्लेखनीय सुधार आउनेमा आशंका व्यक्त गरिएको छ ।

यस्तो अवस्थामा यही महिनाको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठक बस्दैछ । उक्त बैठकमा मुलुकको अर्थतन्त्रबारे शीर्ष नेताहरुले छलफल गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा हुने

Next Post

अवैध रूपमा लैजान लागेको विदेशी मुद्रासहित चार जना पक्राउ

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
अवैध रूपमा लैजान लागेको विदेशी मुद्रासहित चार जना पक्राउ

अवैध रूपमा लैजान लागेको विदेशी मुद्रासहित चार जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In