काठमाडौं । लगानीयोग्य रकम अभावको समस्या झेलिरहेका बैक तथा वित्तिय संस्थाहरुले चालू आर्थिक वर्षको तीन महिनामा २६ वाणिज्य बैंकले १८ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
२६ वटा बैंकको नाफा गत आर्थिक वर्षको तिन महिनाको तुलनामा भन्दा ८ दशमलव ९२ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो तिन महिनामा २६ वाणिज्य बैंकले १७ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालू आर्थिक वर्षको पहिलो तिन महिनामा सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा कुमारी बैंक रहेको छ । कुमारीले चालु आर्थिक वर्षको पहिलो तिन महिनामा १ अर्ब रुपैयाँ खुद नाफा कमाएको हो ।
नाफामा उच्च वृद्धि गर्ने सूचीको दोस्रो नम्बरमा स्टयाण्डर्ड चार्टर्ड बैंक रहेको छ । खुद नाफाको परिमाणका आधारमा भने चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी एनआइसी एशिया बैंकले कमाएको छ ।













