काठमाडौं । आज यमपञ्चकको अन्तिम दिन भाइटिका । देशभर उल्लासका लागि मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिहारको शुभसाइत विहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।
गोवर्धन पूजा भने मंगलबार नै परेको थियो । म्हपूजा पनि त्यसैदिन परेको थियो । सोहि दिनबाट नेपाल संवत ११४३ प्रारम्भ भएको छ । भाइटिका उत्तर फर्केर टिका लगाउनु एकदमै उपयुक्त रहेको समितिले जनाएको छ ।













