१. नारी जाति पुरुषभन्दा बढी उदात्त र उच्च छन्, किनकि ती आज पनि त्यागकी, चुपचाप कष्ट सहनुक, नम्रताकी, श्रद्धाकी र ज्ञानकी जीवित मूर्ति हुन् ।
२. नारी सहनशक्तिकी साक्षात प्रतिमूर्ति छन्, धैर्यकी अवतार हुन्, भित्री सौन्दर्य देख्यौ भने त बाह्य सौन्दर्य फिक्का लाग्नेछ ।
३. कवि त समयसीमामा बाँधिन्न । उसका रचना अनन्त कालका लागि हुन्छन् त्यसैले उसका काव्यबाट यस्ता अर्थ पनि सिद्ध हुन्छन्, जुन उसका कल्पनामा पनि हुँदैनन् । यही नै उसका काव्यको पूर्णता र विशेषता हो ।
४. आफ्नो अल्पताको दर्शन गर्नु महान् बन्नुको सुरुवात हो । छुट्टिएको समुद्र विन्दुले आफूलाई समुद्र ठानेमा सुक्नेछ, तर आफूलाई विन्दु स्वीकार ग¥यो भने समुद्रतर्फ पुग्ने प्रयास गर्नेछ र त्यसमा लीन भएर समुद्र बन्नेछ ।
५. पुस्तकको मूल्य रत्नको भन्दा पनि बढी छ, किनकि रत्न बाह्य चमक दमक देखाउँछन्, जबकि पुस्तक अन्तस्करणलाई उज्ज्वल बनाउँछन् ।
६. असन्तोष हुनुपर्दछ, तर असन्तोष स्वयम्को बारेमा होस् । जुन दिन पूर्ण भएँ भनेर बस्नेछु, त्यसै दिन मेरो विनाश भएको ठान्नु । असन्तोषको अर्थ यो कदापि होइन कि म आफ्नो कर्तव्य कर्मलाई सधैँ परिवर्तनको इच्छा गरुँ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













