ठमेलको नाइट क्लब सञ्चालक र बाउन्सरलाई कुटपिट गर्ने गुण्डा नाइकेसहित पाँच जना पक्राउ परेका छन्।
नुवाकोट ककनीका ३३ वर्षीया गुण्डा युवराज गुरुङ ९सानुभाइ०, टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङ पक्राउ परेका हुन्।
उनीहरूलाई परिसरको टोलीले आज थानकोटबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।
उनीहरूमाथि रेष्टुरेन्ट तथा लाउन्जहरूमा गएर लाखौँ रुपैयाँको बिल तिर्नुको सट्टा कर्मचारी तथा क्लब सञ्चालकहरूलाई कुटेको आरोप छ।













