• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परसपुर-गौघाट सडक निर्माणमा ढिलासुस्ती

by
२९ असार २०८०,
0
परसपुर-गौघाट सडक निर्माणमा ढिलासुस्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा– बाँकेको परसपुर–गौघाट सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक जताततै खाल्डाखुल्डी भएका छन् ।

पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताएका छन्। ‘सडकैभरि खाल्डाखुल्डीले बर्खाको पानी भरिएर सडक पोखरीजस्तै भएको छ’, उनले भने, ‘हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे भएर आवतजावत गर्नुपर्ने बाध्यता छ ।’

ठेकेदारले कालोपत्र भत्काएर काम अधुरै छाडेपछि सडक अस्तव्यस्त बनेको छ । सडक डिभिजन नेपालगन्जले २०७९ वैशाख २५ गते कन्काई गणपति जेभीसँग रु १३ करोड ४२ लाखमा २०८१ भदौ २५ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर हालसम्म १० प्रतिशत मात्र काम गरेको डिभिजन सडक कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर जनकबहादुर धामीले बताए।

समयमै सक्ने गरी काम गर्न पत्राचार गर्दा काम गर्ने प्रतिबद्धता जनाउने गरे पनि काम नहुने गरेकाले अब पनि काम नगरे कम्पनीलाई पेस्कीस्वरूप दिइएको रकम फिर्ता लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी दिए। गौघाट–परसपुर सडकखण्ड दैनिक मानिसको आवतजावत गर्ने चाप भएको सडकमा पर्छ । जुन सडकले बर्दियाको बढैयाताल गाउँपालिकालाई समेत जोड्ने गरेको छ । गौघाट–परसपुर सडकखण्डको स्तरोन्नति हुन नसकेको दशक पुग्न लागिसकेको छ । पुरानो सडक बिग्रिएपछि नयाँ सडक बनाउने काम वर्षौँदेखि अलपत्र परेपछि स्थानीयले दैनिक सास्ती भोग्नुपरेको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताएका छन्।

परसपुर–गौघाट सडक १० किलोमिटर नालीसहित १२ मिटरको कालोपत्र बनाउने गरी काम सुरु भए पनि सम्झौता भएको ११ महिनासम्म १० प्रतिशतमात्रै कार्यप्रगति भएको छ । सडक निर्माण अधुरै भएपछि खजुराका बासिन्दा आक्रोशित छन् ।

‘सम्झौता भएको ११ महिनासम्म पनि १० प्रतिशतमात्रै काम भएको छ । यस्तो गतिमा काम भएको खण्डमा बाँकी १३ महिनामा अरु काम हुन्छ भनेर हामीले कसरी विश्वस्त हुने रु’, खजुरा–२ का वडाध्यक्ष धनीराम वलीले भने ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले परसपुर–गौघाट सडक नबन्दा दुःख पाएका जनताले दैनिकरूपमा आफूहरूसँग गुनासो सुनाउने गरेको बताए । उनले उक्त सडक निर्माणका लागि दबाब दिन डिभिजन सडक कार्यालय नेपालगन्जमा पुगेर समेत माग गरिएको उल्लेख गरे । ‘सडक निर्माणको ठेक्का लिने काम नगर्ने प्रवृत्तिदेखि आजित भइसक्यौँ’, उनले आक्रोश पोखे ।

Previous Post

युक्रेनी महिला सैनिकको पीडा, हातमा एके ४७ तर साथमा छैन स्यानिटरी प्याड

Next Post

युक्रेनसँगको खाद्य सम्झौता तोड्ने पुटिनको संकेत

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
के पुटिनमाथि आक्रमण भएको हो ?

युक्रेनसँगको खाद्य सम्झौता तोड्ने पुटिनको संकेत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In